add

छत्रपाटी चिकित्सालयको ६७ औं वार्षिकोत्सव सम्पन्न

Swoniga Online – स्वनिगः अनलाइन | २०८० माघ २७, शनिबार वर्गीकृत स्थानीय-समाज

काठमाडौं/ २७ माघ,  छत्रपाटी निःशुल्क चिकित्सालयको ६७ औं वार्षिकोत्सव सम्पन्न भएको छ । यही  माघ २३ गते मंगलबार प्रतिनिधि सभाका सभासद एवं पूर्व उप-प्रधानमन्त्री श्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यमा तथा का.म.पा का प्रवक्ता एवं १७ वडा अध्यक्ष श्री नबिन मानन्धरको आतिथ्यतामा सम्पन्न भएकाे हाे ।   

समारोहमा काँग्रेस नेता सिंहले चिकित्सालयको इतिहासलाई स्मरण गर्दै शुरु देखि नै सेवा गर्ने भावनाबाट बनेको संस्था रहेको बताउनु भयो ।  त्यस्तै गरि का.म.पा का प्रवक्ता एवं १७ वडाका अध्यक्ष श्री नबिन मानन्धरलेशुरु अवस्थादेखि स्वास्थ्य क्षेत्रमा यस चिकित्सालयले अनवरत रुपमा गरीब असहायलाई सेवागर्दै आइरहेको प्रकाश पार्नु भयो भने यसलाई निरन्तरताको साथै आफूले सकेको सहयोग गर्नआफू सदैव लाग्ने कुरामा बचनबद्धता जनाउनु भयाे। समारोहका सभापति डा. मनोजमान श्रेष्ठले छत्रपाटी निःशुल्क चिकित्सालयमा सबै मिलेर कार्य गर्नु पर्ने कुरामा जोड दिनुका साथै चिकित्सालयको सेवा विस्तार तथा भविष्यमा गरिने कार्यक्रमको बारेमा प्रकाश पार्नु भयो ।

उक्त समारोहमा चिकित्सालयमा ३० वर्ष, २५ वर्ष, १० वर्ष सेवा गर्नु भएका तथा उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो । ३० वर्ष सेवा गर्नु भएका कर्मचारी बिमल पन्त, मन्जुश्री बसी, सुशीला मानन्धर, सविता राय, कृष्ण महर्जन लाई प्रशंसा पत्र तथा अवकाश पत्र प्रदान गरिएको थियो, २५ वर्ष सेवा गर्नु भएका अम्बिका नेपाली, शर्मिला देवकोटा, १० वर्ष सेवा गर्नु भएका चर्म तथा यौन रोग विशेषज्ञ डा. सन्जय शाक्य, कर्मचारीहरु कुल बहादुर गुरुङ, खड्ग बहादुर थापा मगर, रिता भट्ट, मन्दिरा शाही, किशोर मगिया, रंगिना महर्जन, ५ वर्ष भन्दा बढीसेवा गर्नु भएका स्टाफ नर्सहरु देवी गुरुङ, सन्जु मास्के, कल्याणी पोडे, इना बज्राचार्य, मेनुका मग्रराती, सविता रोक्का, सृजना रानाभाट साथै उत्कृष्ट कर्मचारी प्रशासकीय अधिकृत मिनु जोशी, ड्रेसर राजकुमार थापालाई प्रशंसा पत्रबाट सम्मान गरिएको थियो । साथै चिकित्सालयमा अमूल्य सहयोग गर्ने श्री नबिन चित्रकार लाई पनि सम्मान गरिएको थियो । चिकित्सालयको ६७ औं वार्षिकोत्सव डा. मनाेजमान श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियाे ।