add

आइकेओ क्युकाेशिनकाई कराते नखिपाेटकाे वेल्ड टेष्ट सम्पन्न

Swoniga Online – स्वनिगः अनलाइन | २०८० माघ २८, आइतबार वर्गीकृत खेलकुद

ललितपुर/ २८ माघ, क्युकाेशिनकाई करातेका ४५ खेलाडीकाे वेल्ड टेष्ट सम्पन्न भएको छ। नखिपाेटमा सञ्चालित आइकेओ क्युकाेशिनकाई करातेका ४५ जना खेलाडीहरुकाे वेल्ट टेष्ट आज शनिबार सफलतापूर्वक सम्पन्न भएको डाेजाेका प्रमुख प्रशिक्षक  समीर श्रेष्ठले जानकारी गराउनु भयाे। शुक्रबार र शनिवार भएकाे वेल्ड टेष्टमा प्रमुख प्रशिक्षक सेन्सेई समिर श्रेष्ठ, प्रशिक्षकहरु सेन्सेई उत्तम स्थापितले खेलाडीहरुकाे परीक्षा लिनुभएकाे हाे। 

वेल्ट टेष्टमा सहभागीहरुमध्ये २ जनाले ब्ल्याक बेल्ट, ५ जनाले ग्रीन, १० जनाले एल्लाे, १२ जनाले व्लु र  १३ जनाले अरेन्ज वेल्ट प्राप्त गरेकाे प्रमुख प्रशिक्षक समीर श्रेष्ठले जानकारी गराउनु भयाे ।  आइ के ओ क्याेकुशिनकाई नेपालका ब्रान्च चिफ शिहान दिपक लामाले वेल्ट टेष्टबाट खेलाडीहरुकाे क्षमताको पहिचान हुनुका साथै उनीहरुमा खेल क्षमताको अभिबृद्धि हुने बताउनु भयाे । ' वेल्ट टेष्टबाट खेलाडीहरुकाे क्षमताको पहिचान हुन्छ। प्रतिस्पर्धा गर्न सक्ने खुबी वृद्धि हुँदै जान्छ ।उनीहरुले पाउने वेल्टकाे महत्त्व र वेल्ट अनुसारको क्षमताकाे जानकारी हुन्छ ।' लामाले भन्नुभयो।  अत्यन्तै कडा मेहनत र अनुसाशनमा राखेर प्रशिक्षित हुन सफल भएका खेलाडीहरुकाे मात्रै वेल्ट परीक्षा लिएर स्तराेन्नति गरिएको प्रमुख प्रशिक्षक सेन्सेई समीर श्रेष्ठले बताउनु भयाे। "६० दिन हाजिर भएको याेग्य खेलाडीहरुलाई मात्रै वेल्ट टेष्टमा सहभागी गराएका छाैं, लिखित परिक्षा, वेसिक (किहाेन) मापदण्डहरुकाे परीक्षण, स्टेपिङ, काता, कुमिते परिक्षमा पूरा गरेकाहरु वेल्ट टेष्टमा सहभागी गराउँछाैं । ६० दिन हाजिर भएर पनि राम्रोसँग खेल्न नसकेकाहरुलाई वेल्ट टेष्टमा सहभागी गराइएको छैन । कडा मेहनत र परिश्रम बिना स्तराेन्नतिमा समावेश गराएका छैनौं । "श्रेष्ठले भन्नुभयाे प्रत्येक तीन देखि चार महिनाभित्र वेल्ट टेष्ट हुने डाेजाेका प्रमुख प्रशिक्षक समीर श्रेष्ठले जानकारी गराउनु भयाे । दुई दिनसम्म चलेकाे वेल्ट टेष्टमा खेलाडीहरुले पूर्ण अनुशासनमा रहेर खेलका सबै नियमहरु पालना गरेर वेल्ट परीक्षा उतिर्ण गरेका हुन् ।