add

कलंकीबाट दुई लाख बराबरको धनमाल चोरी

Swoniga Online – स्वनिगः अनलाइन | २०८० फाल्गुण ११, शुक्रबार वर्गीकृत स्थानीय-समाज

काठमाडौं/ ११ फागुन,  काठमाडौंको कलंकीबाट दुई लाख बराबरको विभिन्न धनमाल चोरी भएको छ । काठमाडौं महानगरपालिका १४ कलंकी डेरा गरी बस्ने धादिङ ज्वालामुखी गाउँपालिका ३ घर भएकी ३० वर्षीया कमला मगरको कोठाबाट कोही नभएको अवस्थामा नगद २ लाख रूपैयाँ बिहीबार बेलुकी चोरी भएको हो । 

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।