add

धर्म, संस्कृति र आफ्नोपनलाई जाेगाओैं -मन्त्री बस्नेत

Swoniga Online – स्वनिगः अनलाइन | २०८० फाल्गुण १३, आइतबार वर्गीकृत राजनीति

सिन्धुपाल्चोक/ १३ फागुन, स्वास्थ्य तथा जनसंख्या मन्त्री माेहनबहादुर बस्नेतले धर्म, संस्कृति र आफ्नोपनलाई जाेगाओैं भन्ने सन्देश व्यक्त गर्नुभएको छ । बाह्रबिसे नगरपालिकासहित विभिन्न संघसंस्थाकाे संयुक्त आयाेजनामा आज वडा नं. ३ खाेर्सानीबारीमा भएको २८६० ओैं डुक साेनाम ल्हाेछार कार्यक्रममा मन्तव्य राख्नुहुँदै मन्त्री बस्नेतले धर्म,संस्कृति लगायतका पर्वहरुले नेपाल र नेपालीलाई अक्षुण राख्दै एकताबद्ध बनाउन महत्त्वपूर्ण काम गरेको प्रष्ट पार्नुहुँदै एक सुत्रमा बाँध्न यस्ता कार्यक्रमहरुले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको हाे ।
"हाम्रोमा हरेक माैलिक चाडपर्व र संस्कृतिहरु छन्, हिन्दु, बाैद्ध सबै एकआपसमा राष्ट्रिय तथा स्थानीय चाडपर्वहरु मनाउने परम्परा रही आएकाे छ । हामीलाई एक सुत्रमा बाँध्न यस्ता कार्यक्रमहरुले महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाे छ । त्यसकारण हामी सबै मिलेर हाम्रा धर्म, संस्कृति र आफ्नोपनलाई जाेगाओैं।" उहाँले भन्नुभयो ।

मन्त्री बस्नेतले सिन्धुपाल्चोकका मतदाताकाे सहयाेगबाट जितेकाे जनप्रतिनिधि भएको नाताले यस जिल्लाकाे विकासका लागि अत्यन्तै धेरै बजेट पार्ने प्रयत्न गरेको बताउनुभयाे । "यस जिल्लाकाे विकासका लागि अत्यन्तै धेरै बजेट पार्ने प्रयत्न गरेको छु । सिन्धुपाल्चोककाे सबै वडा मेराे लागि बराबर हाे, सबै वडाकाे बिकासका लागि वरावर हिसाबले विकास गर्न लागि पर्छु ।" उहाँले भन्नुभयो ।

उहाँले आफू मन्त्री भएपछि नीजि, सरकारी र सामुदायिक अस्पतालहरुमा १० प्रतिशत साधारण शैयाहरु गरिव, बिपन्नका लागि निशुल्क उपलब्ध गराउन तत्परताका साथ लागि परेको बताउनुभयो ।  वर्तमान संविधानकाे धारा ३५ मा हरेक नेपालीलाई शिक्षा र स्वास्थ्य नि:शुल्क हुनेछ भन्ने ब्यवस्था गरिएको उल्लेख गर्नुहुँदै उहाँले देशभर १२ कक्षासम्म निशुल्क बनाउने अभियानमा छाैं भन्ने बताउनुभयो ।

बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङले यस्ता कार्यक्रमले सद्भाव र आत्मियता बाँड्ने बताउनुभयो । उहाँले यस्ता कार्यक्रमलाई हरेक वर्ष भव्य र सभ्य रुपमा मनाउँदै धर्म, संस्कृतिलाई बचाउन क्रियाशील रहनुपर्ने बताउनु।  यस्ता कार्यहरुबाट सद्भाव र एकताबद्ध भएर विकास र समृद्धिमा लाग्न प्रेरणा मिल्ने बताउनुभयो । उहाँले पितापुर्खाले बचाएर राखेकाे सभ्यता र संस्कृतिलाई अनुशासित तरिकाले मनाउँदै जीवन्त राख्न अग्रज पुस्तासंगै युवा पुस्ता पनि निरन्तर क्रियाशील रहनुपर्ने बताउनुभयो । 


नेपाली कांग्रेस बागमती प्रदेशका सहमहामन्त्री हरिशरण श्रेष्ठले बाह्रबिसे नगरपालिका तामाङ र शेर्पा समुदायको बाहुल्यता भएको नगरपालिका भएकोले याे कार्यक्रमले सबैमा आपसी सद्भाव कायम गर्ने बताउनुभयो ।

नेपाल विभिन्न जातजाति र भाषाभाषीहरुकाे देश भएको उल्लेख गर्नुहुँदै उहाँले तामाङ र शेर्पा समुदायकाे पनि राज्यको माथिल्लो निकायमा प्रतिनिधित्व हुनु जरुरी छ भन्ने धारणा राख्नुभयाे ।


त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्वज बाेहाेरा चार जात छतीस वर्णकाे देशमा नेपालमा यस्ता कार्यक्रमले एक अर्काकाे पर्वलाई मनाएर सद्भाव र सहिष्णुता कायम गर्दै एकता बद्ध बनाउँदै समृद्धितिर लम्किन प्रेरणा प्रदान गरेको बताउनुभयो ।

भाेटेकाेशी गाउँपालिकाका अध्यक्ष पासाङ नाेर्बु शेर्पाले भाषा, सम्प्रदाय, कला, संस्कृति जगेर्ना गर्न महत्त्वपूर्ण काम भएको र खुसी साटासाट गरेर नयाँ जाेशका साथ अगाडि बढ्न प्रेरणा मिल्ने बताउनुभयो। साेनाम ल्हाेछारलाई तामाङ र शेर्पा समुदायले राष्ट्रिय पर्वका रुपमा मनाउने प्रचलन रहिआएको छ।

कार्यक्रममा नेपाली कांग्रेस बाह्रबिसे नगरसभापति शम्भुबहादुर तिमल्सिना, बाह्रबिसे नगरपालिकाकाे उपप्रमुख मञ्जु तामाङ, बाह्रबिसे वडा नं. ३ का अध्यक्ष जीवनकुमार भण्डारीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियाे ।