add

दार्चुला अस्पतालकी नर्सिङ निरीक्षक बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

Swoniga Online – स्वनिगः अनलाइन | २०८० फाल्गुण १५, मंगलबार वर्गीकृत राष्ट्रिय

काठमाडौं/ १५ फागुन : दार्चुला अस्पतालमा कार्यरत नर्सिङ निरीक्षक बबिता विष्टलाई यस वर्षको उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिएको छ । स्वास्थ्य सेवा दिवसको अवसरमा मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले विष्टलाई एकलाख नगद पुरस्कार सहित उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार प्रदान गर्नुभएकाे हाे। बबिता नर्सिङ निरीक्षक कार्यरत हुनुहुन्छ। सोही अवसरमा ४ जना स्वास्थ्यकर्मीलाई स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिएको छ । ५० हजार नगद राशी सहितको स्वास्थ्य सेवा पुरस्कार पाउनेहरुमा कालिकोटका सिनियर अहेव दीर्घबहादुर नेपाली, बाराकी सिनियर अनमी किरण कुमारी, सुर्खेतका डा. केशरबहादुर ढकाल र फार्मेसी निरीक्षक शुष्मा थपलिया हुनुहुन्छ । पुरस्कृत सबै स्वास्थ्यकर्मीलाई मन्त्री बस्नेत र सचिव डा. पोखरेलले नगद सहित प्रमाणपत्र प्रदान गर्नुभएको थियो । हरेक वर्ष स्वास्थ्य मन्त्रालयले एक जना स्वास्थ्यकर्मीलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार र चार जनालाई स्वास्थ्य सेवा पुरस्कार प्रदान गर्दै आइरहेको छ । पुरस्कृत स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य मन्त्री बस्नेतले धन्यवाद दिदै भविश्यमा पनि जनताको स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकारलाई व्यवहारमा उतार्न लाग्नु पर्ने बताउनुभयाे। स्वास्थ्य सेवा दिवसमा अवसरमा स्वास्थ्य मन्त्रालय परिसरमा अंगदान सिविरका साथ रक्तदान लगायतका कार्यक्रम सञ्चालन गरिएको छ ।