add

स्वास्थ्यमा कसैलाई पनि पक्षपात भएको छैन : स्वास्थ्य मन्त्री बस्नेत

Swoniga Online – स्वनिगः अनलाइन | २०८० फाल्गुण १५, मंगलबार वर्गीकृत राष्ट्रिय

काठमाडौं/ १५ फागुन : स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आफुले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि कुनै पनि कर्मचारीमाथि पक्षपात नगरेको बताउनु भएको छ । स्वास्थ्य सेवा दिवसको अवसरमा मंगलबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको कार्यक्रममा मन्त्री बस्नेतले आफुले कुनै पनि कर्मचारीलाई आस्थाका भरमा पक्षपात नगरेको तर कामका आधारमा भने मूल्यांकन गरेर अवसर दिएको बताउनु भएको हाे ।
"कर्मचारीमा आफुले अवसर पाए पक्षपात नहुने?  अरुले पाउँदा मात्र पक्षपात हुने गरेको छ।सीमित सिटका कारण एकै पटक सबैलाई अवसर दिन भसकिंदैन ।" मन्त्री बस्नेतले भन्नुभयाे। 

मन्त्रालय भित्र केही कर्मचारीतिर इंगित गर्दै मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालयका निर्णय मन्त्रीपरिषद्मा पास हुन नपाउँदै समाचारमा आइसक्ने गरेको स्मरण गर्दै आफुले यस बिषयमा थाहा पाएको तर त्यस्ता कर्मचारीलाई सुध्रन मौका मात्र दिएको बताउनु भयाे । आफुले स्वास्थ्य मन्त्रीको पदलाई काम गर्ने अवसरको रुपमा लिएको बताउँदै मन्त्री बस्नेतले काजमा बसेका कर्मचारीको काज फिर्ता गरेको, विदेश भ्रमणमा दुर्गमका काम गरेकालाई पनि अवसर दिएको र विभिन्न अस्पतालका कामचोर कर्मचारीलाई कारवाही गरेको दावी गर्नुभयाे। केही सरकारी अस्पतालमा कर्मचारी युनियन र बिचौलियाका रुपमा कार्यरत तल्लो तहका कर्मचारीहरुलाई समेत कारवाही गर्न त्यहाँका प्रशासक डराउनु बिडम्बना भएको मन्त्री बस्नेतले बताउनुभयाे । वीर अस्पतालको फार्मेसीमा विरामीले किन्न चाहेको २० प्रतिशत औषधि समेत पाउने नगरेको र कमिसनको चक्करमा विरामीलाई बाहिरका फार्मेसीबाट औषधि किनाउने प्रवृति तत्काल बन्द गर्नु पर्नेमा बस्नेतले जोड दिनुभयाे।  बस्नेतले मन्त्रालयमा रहेका विकृति सफा गर्न अझै दुई वर्ष लाग्ने बताउनुभयाे ।

"स्वास्थ्य मन्त्रालयमा अराजकता छ । यो मन्त्रालयको विकृति र विसंगतिलाई राफसाफ गर्न अझै दुई वर्ष लाग्छ । अहिले केही हदसम्म भएको छ ।" मन्त्री बस्नेतले भन्नुभयो । मन्त्रीले बस्नेतले स्वास्थ सेवा दिवसका अवसरमा अवसरमा स्वास्थ्य सेवामा उत्कृष्ठ काम गर्ने १ जना स्वास्थ्यकर्मीलाई नगद पुरस्कार सहित उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार र चार जनालाई स्वास्थ्य सेवा पुरस्कार प्रदान गर्नुभएकाे छ । स्वास्थ्य सचिव डा. रोशन पोखरेलले एकिकृत स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रालयले आवश्यक तयारी गरिरहेको बताउनुभयाे ।