add

उच्च शिक्षा सम्बन्धि विद्ययेकमाथि हिसानकाे अन्तरक्रिया

Swoniga Online – स्वनिगः अनलाइन | २०८० फाल्गुण १६, बुधबार वर्गीकृत राष्ट्रिय

काठमाडौं/१६ फागुन, हिसानले उच्च शिक्षा सम्बन्धि कानुनलाई संशोधन गर्न बनेकाे विद्ययेक २०८० माथि अन्तरक्रिया सम्पन्न गरेको छ ।

हिसानले आज काठमाडौंमा आयाेजना गरेकाे कार्यक्रममा मन्तव्य राख्नुहुँदै हिसानका अध्यक्ष रमेश सिलवालले नेपालकाे उच्च शिक्षा अब कसरी अगाडि बढ्छ भनेर सबै पक्षकाे राय लिने उद्देश्यले अन्तरक्रिया आयाेजना गरिएकाे बताउनुभयाे ।

उहाँले भन्नुभयाे, "मस्यौदामा हुनुपर्ने आधारभूत कुरा उल्लेख छैन, उक्त ऐन विवादमा नफसाेस । याे ऐनले नयाँ विश्वविद्यालय खाेल्न देउ हामी गुणस्तरीय शिक्षा प्रदान गर्छाैं भन्न नपाइने बनाउन लागिएकाे छ । विश्वविद्यालय वर्गीकरणमासमेत स्पष्टता छैन ।" अध्यक्ष सिलवालले शिक्षा क्षेत्रमा निजी क्षेत्र आउन नपाउने कहाँ हुन्छ भन्दै प्रतिप्रश्न गर्नुभयाे । उहाँले नेपालकाे उच्च शिक्षा कुन अवधारणामा जाने भनेर अब स्पष्ट हुनुपर्छ । यसका साथै शिक्षा र टेक्नोलोजीलाई कसरी जाेड्ने, मुलुकलाई समृद्ध बनाउन उच्च शिक्षा काे लक्ष्य के हुने र गाइडलाइन बारे ऐन स्पष्ट हुनुपर्ने बताउनुभयाे ।

कार्यक्रममा काठमाडौं स्कुल अफ लका डा. युवराज संग्राैलाले ऐनमाथि सामुदायिक सराेकार विषयक अवधारणापत्र प्रस्तुत गर्नुभएकाे थियाे । उहाँले उक्त विश्वविद्यालयकाे प्राण भनेकाे प्रज्ञिक स्वयत्तता हाे तर भारतीय माेडेलमा रहेकाे र नेपालमा कहिल्यै छलफल नभएकाे विषय रहेकाे बताउनुभयेा । 

उहाँले विधानबाट विश्वविद्यालय स्थापना, बाेर्ड अफ ट्रस्टिज र स्वयत्त प्रशासनका सिद्धान्तलाई कायम राखनुपर्ने लागतका विषयमा धारणा राखनु भएकाे थियाे ।

पूर्व शिक्षामन्त्री देवेन्द्र पाैडेलले भन्नुभयो, हामी अहिले प्रारम्भिक मस्यौदाकाे छलफलमा छाैं । यसमा संशोधनकाे स्थान रहेकाेले सबै सराेकारबाला पक्षकाे धारणा प्रस्तुत गर्न हिसानलाई आग्रह गर्नुभयाे ।

कार्यक्रममा पूर्व उपकुलपति तीर्थराज खनियाँ, त्रिवि शिक्षा संकायका डीन प्रकाशमान श्रेष्ठ, अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारी र प्रजातान्त्रिक प्राध्यापक संघका निर्मल सापकोटाले आफ्नो धारणा राख्नुभएको थियाे ।