add

कांग्रेसका मन्त्रीहरुले राजीनामा नदिने

Swoniga Online – स्वनिगः अनलाइन | २०८० फाल्गुण २१, सोमबार वर्गीकृत राजनीति

काठमाडौं/ २१ फागुन, नेपाली कांग्रेसका मन्त्रीहरुले राजीनामा नदिने भएका छन् ।

सोमबार दिउँसो बसेको कांग्रेस पदाधिकारी बैठकले राजीनामा नदिने निर्णय गरेको उपसभापति तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्ती धनराज गुरुङले जानकारी दिनुभयाे ।

‘प्रधानमन्त्रीले नै बाटो फेरेपछि उहाँले नयाँ मन्त्रिपरिषद गठन गर्नुहुन्छ, हामीले राजीनामा किन दिने’, गुरुङले भन्नुभयो ।

कांग्रेस अब प्रतिपक्षमा बस्ने र संसदको दह्रोसँग उपयोग गर्ने गुरुङले बताउनुभयाे। प्रचण्ड नेतृत्वको वर्तमान मन्त्रिपरिषदमा नेपाली कांग्रेसबाट ९ जना सदस्य रहनुभएकाे छ ।