add

सत्ता गठबन्धन परिवर्तन, ५ बजे नयाँ मन्त्रीको शपथ

Swoniga Online – स्वनिगः अनलाइन | २०८० फाल्गुण २१, सोमबार वर्गीकृत राजनीति

काठमाडौँ/ २१ फागुन, सत्ता गठबन्धन परिवर्तन हुने भएसंगै नयाँ मन्त्रीपरिषद गठन हुने भएको छ । परिवर्तित गठबन्धनबाट नयाँ मन्त्रीहरूको शपथ आज पाँच बजे हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ मन्त्रीहरुको शपथ ५ बजे गर्ने गरी राष्ट्रपति कार्यालयलाई पत्र पठाउनु भएको हाे । 

‘पाँच बजे शपथ भनेर प्रधानमन्त्री कार्यालयबाट पत्र राष्ट्रपति कार्यालयमा आइपुगेको छ । सोही अनुसार अपराह्न ५ बजे तयारी भइरहेको छ’, राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भन्नुभयो । उहाँका अनुसार ३ जना मन्त्रीले शपथ लिने तयारी छ ।

कांग्रेससँगको गठबन्धन तोडिएपछि प्रधानमन्त्री प्रचण्डले एमाले, रास्वपा र जसपालाई समेटेर मन्त्रीमण्डल पुनर्गठन गर्नुहुने भएको हाे । पहिलो चरणमा माओवादीबाट हितबहादुर तामाङ, एमालेबाट संसदीय दलका प्रमुख सचेतक समेत रहेका पदम गिरी र रास्वपाका उपाध्यक्ष समेत रहेका डोलप्रसाद अर्याल मन्त्रीका रूपमा सरकारमा जाने तयारी छ ।