add

चार राजनीतिक दलबीच आठ बुँदे सहमति

Swoniga Online – स्वनिगः अनलाइन | २०८० फाल्गुण २१, सोमबार वर्गीकृत राजनीति

काठमाडौं/ २१ फागुन, सत्ता गठबन्धनमा रहेका चार प्रमुख राजनीतिक दलहरूबीच आठ बुँदे सहमति भएको छ । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी, नेपालबीच गठबन्धन सरकार सञ्चालन गर्ने तथा शान्ति प्रक्रियाका बाँकी काम टुङ्गोमा पुर्‍याउने बिषयमा आठ बुँदे सहमति भएको हाे।

उक्त चारवटै दलहरूका शीर्ष नेताहरूले हस्ताक्षर गरेको सहमति पत्रमा पुष्पकमल दाहाल "प्रचण्ड" नेतृत्वको नयाँ संयुक्त सरकार गठन गरिने उल्लेख छ। मन्त्रालय बाँडफाँट दलहरूबीचको सहमतिअनुसार हुनेछ।

 

सहमति पत्रमा सङ्घीयता कार्यान्वयनसम्बन्धी बाँकी कानुनहरू निर्माण गर्ने, सङ्क्रमणकालीन न्याय र शान्ति प्रक्रियालाई अघि बढाउने लगायतका विषयहरू समेटिएका छन्। साथै, राष्ट्रिय स्वाधिनता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र समाजवादउन्मुख विकासका लागि प्रतिबद्धता जनाइएको छ।

यो सहमतिले देशमा राजनैतिक स्थिरता र विकासको माग अगाडि बढाएको हुनाले यसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।