add

सरकारलाई दिएको समर्थन फिर्ता लिने कांग्रेसको निर्णय

Swoniga Online – स्वनिगः अनलाइन | २०८० फाल्गुण २२, मंगलबार वर्गीकृत राजनीति

काठमाडौं/ २२ फागुन,  नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको छ।

सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा मंगलबार अपराह्न बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्री दाहाललाई दिएको विश्वासको मत फिर्ता लिने निर्णय गरेको हो।

उपसभापति धनराज गुरूङले प्रधानमन्त्री दाहाललाई दिएको विश्वासको मत फिर्ता लिने पार्टीले निर्णय गरेको जानकारी दिनुभयो ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै गुरुङले भन्नुभयो, ‘पुष्पकमल दाहाल प्रचण्डलाई हामीले दिएको समर्थन फिर्ता लिने निर्णय भएको छ ।’

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री दाहालले सोमबार कांग्रेससँगको सहकार्य तोडेर एमालेसहितको नयाँ समीकरण बनाउनु भएको थियो ।