add

प्रधानकाे याेगदान नेपाली साहित्य क्षेत्रले सधैं सम्झिरहने छ- राष्ट्रपति पाैडेल

Swoniga Online – स्वनिगः अनलाइन | २०८० चैत्र ८, बिहिबार वर्गीकृत राष्ट्रिय

काठमाडौँ/ ८ चैत, राष्ट्रपति रामचन्द्र पौडेलले साहित्यकार परशु प्रधानले नेपाली साहित्यको उत्थान र विकासमा पुर्याउनुभएको योगदान नेपाल र नेपाली साहित्य क्षेत्रले सधैँ सम्झिरहने बताउनुभएको छ । 

साहित्यकार प्रधानको निधनमा परिवारजनलाई विहिबार एक समवेदना सन्देश पठाउँदै राष्ट्रपति पौडेलले मूर्धन्य साहित्यकार प्रधानको निधनको खबरले आफू अत्यन्तै दुःखी भएको उल्लेख गर्नुभएको छ । 

“कथालेखनमा केन्द्रीत रहेपनि साहित्यका विभिन्न विधामा कलम चलाउनुभएका सिद्वहस्त आख्यानकार प्रधानले कथा, बालकथा, निबन्ध, समीक्षा, समालोचनाबाट नेपाली साहित्यको उत्थान र विकासमा पुर्याउनुभएको योगदान नेपाली साहित्य क्षेत्रले सधैँ सम्झिरहनेछ”, समवेदना सन्देशमा उल्लेख छ ।  

विभिन्न भाषामा पनि आफ्ना रचना प्रकाशित गर्नुभएका प्रधानको निधनबाट नेपाली साहित्य क्षेत्रमा अपूरणीय क्षति पुगेको आफूले महशुस गरेको राष्ट्रपति पौडेलले उल्लेख गर्नुभएको छ । उहाँले स्वर्गीय प्रधानको आत्माको चीर शान्तिको कामनासहित शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ । 

समवेदना सन्देश राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले प्रधानका परिवारजनलाई निवासमा पुगेर हस्तान्तरण गर्नुभएको थियो ।