add

शिक्षा र सीप भए स्वदेशमा प्रशस्त सम्भावना : कांग्रेस प्रवक्ता डा. महत

Swoniga Online – स्वनिगः अनलाइन | २०८० चैत्र १८, आइतबार वर्गीकृत राजनीति

नुवाकाेट/ ८१ चैत: नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले शिक्षा मानिसको अमूल्य धन भएकाले त्यसमा गरिएको लगानी खेर नजाने बताउनुभएको छ । नुवाकोटको लिखु गाँउपालिका–४ मा रहेको क्षेत्रपाल माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै उहाँले अभिभावकलाई आफ्ना सन्तती पढाउन कुनै कन्जुस्याइ नगर्न आग्रह गर्दै विद्यार्थीलाई पनि राज्यले उपलब्ध गराएको सुविधा र परिवारबाट पाएको सहयोगको सही रुपमा सदुपयोग गर्न अनुरोध गर्नुभयो ।

“शिक्षाको लागि राज्यले सुविधा सम्पन्न भौतिक संरचना, आवश्यक जनशक्ति, शैक्षिक गुणस्तर वृद्धिको लागी सहयोगी माध्यम प्रशस्त उपलब्ध गराएको छ ।” पूर्व अर्थमन्त्री महतले भन्नुभयो “सीपयुक्त शिक्षाको ग्रहणबाट स्वदेशमा नै रोजगारको प्रशस्त सम्भावना छ ।” देशमा राजनीतिक अस्थिरता भए पनि त्यसलाई अनावश्यक भ्रम फैलाउन खोज्नेहरुसँग सचेत भएर अहिलेका विद्यार्थी र युवा पुस्तालाई धैर्यता, इमान्दारिता र सहनशीलता कायम राख्न उहाँले आग्रह गर्नुभयो ।