add

ललितपुरको ग्वार्काेबाट १३ जुवाडे पक्राउ

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ बैशाख १३, बिहिबार वर्गीकृत अपराध

ललितपुर/ १३ बैशाख : जिल्ला प्रहरी परिसर ललितपुर र उपत्यका अपराध महाशाखाको संयुक्त टोलीले ग्वार्काेबाट १३ जना जुवाडे पक्राउ गरेको छ । टाेलीले बैशाख १२ गते राती ११:०० बजेको समयमा ललितपुर  महानगरपालिका वडा नं ०८ ग्वार्कोमा अवस्थित नन स्टप डान्सबार रहेको भवनमा जुवा खेलाइरहेको भन्ने गोप्य सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी गराउनुभयाे ।
टोलीले नन स्टप डान्सबार रहेको भवनको पाचौं तलाबाट सिन्धुपाल्चोक घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका ०३ इमाडोल बस्ने वर्ष ३५ को डान्सबार सञ्चालक विशु तामाङ, मकवानपुर घर भई हाल जिल्ला ललितपुर महानगरपालिका ०३ बागडोल बस्ने वर्ष ५० को सोमनाथ गोले, महानगरपालिका ०८ च्यासल वस्ने वर्ष ४० को पुष्प खड्की, दोलखा घर भई हाल महानगर २५ भैंसेपाटी बस्ने वर्ष ३१ को कल्याण तामाङ, महालक्ष्मी नगरपालिका ०६ शिद्धिपुर बस्ने वर्ष ४१ को सुरेन्द्र महर्जन, सिन्धुपाल्चोक घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका ०५ टिकाथली बस्ने वर्ष ३५ को विशाल तामाङ, काभ्रे घर भई महानगर १४ महालक्ष्मीस्थान बस्ने वर्ष ५१ को कृष्ण लामा, भोजपुर घर भई हाल काठमाण्डौ का.म.न.पा. ३२ जडिबुटी बस्ने वर्ष ५३ को सन्तोष श्रेष्ठ, महानगर ०६ ओकुबहाल बस्ने वर्ष ६४ को दिलन शाक्य, भक्तपुर चागुनारायण नगरपालिका ०६ बस्ने वर्ष ५६ को दिलन शिद्धार्थ लामा, उदयपुर घर भई हाल भक्तपुर सुर्यविनायक नगरपालिका ०४ सल्लाघारी बस्ने वर्ष ५६ को सुरेन श्रेष्ठ, मकवानपुर घर भई महानगर ०३ बागडोल बस्ने वर्ष ३८ की तुलसा कार्की र चितवन घर भई ललितपुर महानगर ०३ बागडोल बस्ने वर्ष ३६ की शान्ति तामाङलाई प्रहरीले पक्राउ गरेको सुवेदीले जानकारी गराउनुभयाे ।
पक्राउ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालय ललितपुरबाट दिन ७ (सात) को अनुमति लिई न्यायिक हिरासतमा राखेर थप अनुसन्धान कार्य भै रहेको सूचना अधिकारी सुवेदीले जानकारी गराउनुभयाे ।
उनीहरुसंगै प्रहरीले घटनास्थलबाट नगद रू चार लाख सैतीसहजार नौसय साठी र कौडा १९ थान बरामद गरेको उहाँले जानकारी गराउनुभयाे ।