मन्त्रीपरिषद बिस्तार, स्वास्थ्यमन्त्रीमा प्रदिप यादव
Swoniga Online – स्वनिगः अनलाइन | २०८१ बैशाख ३१, सोमबार वर्गीकृत राष्ट्रिय
काठमाडौं/ ३१ बैशाख, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्नुभएकाे छ। प्रधानमन्त्रीले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बाट एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्नुभएकाे हाे ।
जसपा नेपालका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री दिपक कार्कीले सोमबार बिहान मात्र राजीनामा दिनुभएकाे थियाे ।
दिउँसो जसपा नेपालका सांसद प्रदीप यादव स्वास्थ्य तथा जनसंख्या मन्त्री र हसिना खान स्वास्थ्य राज्यमन्त्री नियुक्त हुनुभएको हाे।
नवनियुक्त मन्त्री र राज्यमन्त्रीले सोमबार नै राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शपथ लिनुभएकाे छ।


