add

प्रधानमन्त्री र सभामुखबीच छलफल

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ जेठ २, बुधबार वर्गीकृत राष्ट्रिय

काठमाडौं/२ बैशाख, प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठक संसद अवरोधकै विषयमा केन्द्रित थियो । सभामुखले संसदबाट विधेयकहरु पारित हुन नसकिरहेकाबेला भइरहेको निरन्तरको अवरोधले जनस्तरमा वितृष्णा फैलिएको बताउनुभयो । संसद सुचारू भए केही विधेयक तत्कालै पारित गर्न सकिने अवस्थामा रहेको, केही विधेयकलाई समितिमा पठाउन सकिने जानकारी दिनुभयो । उहाँले राष्ट्रपतिलाई धन्यवाद प्रस्तावसमेत पारित नभएको सन्दर्भमा प्रतिपक्षीसँग तत्कालै सहमति गर्न अपिल गर्नुभयो ।

प्रधानमन्त्रीले आज सत्तापक्षका नेताहरुको बैठक बस्ने तयारी भएको जानकारी दिँदै भोलि बस्ने बैठक खुलाउने गरी निर्णयमा पुग्ने बताउनुभयो ।