add

काठमाडौं महानगरपालिका गोदावरी मेयर कपकाे बिजेता

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ जेठ ५, शनिबार वर्गीकृत खेलकुद

ललितपुर/ ५ जेठ, काठमाडौं महानगरपालिका गोदावरी मेयर कपकाे बिजेता बन्न सफल भएको छ। गोदावरी नगरपालिकाको आयोजनामा गत बैशाख १५ गतेबाट सुरु भएको प्रथम उपत्यका ब्यापी अन्तरपालिका खुल्ला मेयर कप फुटबल प्रतियोगितामा चन्द्रागिरी नगरपालिकालाई २-१ ले पराजित गर्दै विजेता बन्न सफल भएको हाे ।
गोदावरी बहुउद्देश्यीय रङ्गशालाको  झ्यालुन्टार मैदानमा भएको फाइनल खेलमा प्रथम स्थान हासिल गर्दै ५ लाख पुरस्कार प्राप्त गर्न सफल भएको नगरप्रमुख गजेन्द्र महर्जनले जानकारी गराउनुभयाे।

‘बैशाख १५ गतेबाट सुरु भएको प्रतियोगिता आज सम्पन्न भएको छ। बिजेता काठमाडौं महानगरपालिकाले प्रथम पुरस्कार पाँच लाख र चन्द्रागिरी नगरपालिकाले दाेस्राे पुरस्कार तीन लाख प्राप्त गरेकाे छ।" उहाँले भन्नुभयो । 

गत बैशाख २९ गते सम्पन्न हुने गरि तयारी गरिएको प्रतियोगिता बर्षातका कारण सेमिफाइनलका खेलहरु राेकिन जाँदा ८ दिन ढिलागरी सम्पन्न हुन पुगेको प्रतियोगिताका संयाेजक निराेज बज्राचार्यले जानकारी दिनुभयाे।
"बर्षातका कारण प्रतियोगिता लम्बिन पुग्याे, २८ गते हुने भनिएको सेमिफाइनलकाे खेल बर्षात कै कारण जेठ ३ गते च्यासल रंगशालामा गर्नुपर्याे, यति हुँदाहुँदै पनि आज सफलताका साथ प्रतियोगिता सम्पन्न भएको छ।" बज्राचार्यले भन्नुभयो । 
जेठ ३ गतेको सेमिफाइनलमा मध्यपुर थिमि नगरपालिका र काठमाडौं महानगरपालिकाबीच प्रतिस्पर्धा हुँदा काठमाडौं महानगरपालिका बिजयी भएको थियाे भने अर्को सेमिफाइनल खेलमा महालक्ष्मी नगरपालिका र चन्द्रागिरी नगरपालिकाबीचकाे भिडान्तमा चन्द्रागिरी बिजयी भएको थियो।  प्रतियोगितामा उपत्यकाभित्रका १४ वटा पालिकाका १५ वटा टिमले यो प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए।