कांग्रेसकाे नाराबाजीकाबिच प्रधानमन्त्रीलाई विश्वासको मत
Swoniga Online – स्वनिगः अनलाइन | २०८१ जेठ ७, सोमबार वर्गीकृत राष्ट्रिय
काठमाडौँ, ७ जेठ: नेपाली कांग्रेसका सांसदहरूकाे नारावाजी र अवराेधकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा एक सय ५७ मत परेको छ । सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका सांसदहरुकाे नाराबाजीकाबीच प्रधानमन्त्रीले विश्वासकाे मत लिने प्रक्रियालाई सुचारु गर्नुभएको थियाे ।


