दिगो शान्ति विना मुलुकको समग्र विकास सम्भव छैन - सभापति देउवा
Swoniga Online – स्वनिगः अनलाइन | २०८१ जेठ १०, बिहिबार वर्गीकृत राष्ट्रिय
काठमाडौ/१० जेठ : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दिगो शान्ति विना मुलुकको समग्र विकास सम्भव छैन भन्ने बताउनुभएको छ ।
२५६८ बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै सभापति देउवाले हाम्रो देश अझै पनि हत्या, हिंसा, अपहरण, मानव अधिकार विरोधी लगायतका घट्नाहरुबाट मुक्त हुन सकेको छैन भन्दै देशमा शान्ति कायम होस् र भैरहेको अन्याय, अत्याचार एवं सबै प्रकारका दमनबाट सबैले मुक्ति पाउन् भन्ने कामना गर्नुभएकाे हाे ।
"मानव अधिकार विरोधी यस्ता क्रियाकलाप सदाका लागि अन्त्य गर्न सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्वक कार्य गर्न आश्वयक छ । दिगो शान्ति विना मुलुकको समग्र विकास सम्भव छैन । शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता गौतम बुद्धको उपदेशलाई सबैले मन, बचन र कर्मले पालना गरौं ! अशान्ति, हत्या र हिंसाको विरोध गरौँ ।" उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ।
बुद्ध जयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु भन्नुहुँदै सभापति देउवाले विश्व शान्तिका अग्रदुत गौतम बुद्धको २५६८ औं जन्मजयन्तीका अवसरमा सम्पूर्ण बौद्धधर्मावलम्वी, शान्ति र अहिंसाप्रेमी दिदीबहिनी तथा दाजुभाइहरुमा पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु भन्नुभएको छ।


