add

ग्वार्कोमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ जेठ १०, बिहिबार वर्गीकृत स्थानीय-समाज

ललितपुर/ १० जेठ: ललितपुर ग्वार्कोमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। बुधबार राति टिपरले ठक्कर दिँदा प्रदेश–२–०१–००२ प ९१७५ नम्बरको मोटरसाइकल चालक जयनाथ यादवको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

३२ वर्षीय यादव सिराहा बरियापट्टि गाउँपालिका–४ घर भएर कोटेश्वरमा बस्दै आएका थिए । बुधबार राति करिब ९ बजेर ४० मिनेटमा ग्वार्को चोक स्थित सडक खण्डमा कोटेश्वरबाट सातदोवाटोतर्फ जाँदै गरेको टिपरले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।
उपचारको लागि बिएण्डबी अस्पताल पुर्‍याइए लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

दुर्घटनापछि ठक्कर दिने टिपरको खोजीका लागि यस सडकमा गड्ने सबै टिपर रोकेर प्रहरीले जाँच गरेको थियो । दुर्घटना गराउने बा.३ ख ६६२१ नम्बरको टिपर टिका भैरवमा फेला पारिएको प्रहरीले जनाएको छ ।