add

राष्ट्रपति पाैडेल र प्रधानमन्त्री दाहालबीच भेट

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ जेठ ११, शुक्रबार वर्गीकृत राष्ट्रिय

काठमाडौ/११ जेठ: राष्ट्रपति रामचन्द्र पाैडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार बिहान राष्ट्रपति भवन शीतल निवासमा भेट गर्नुभएको छ ।

सो भेटमा राष्ट्रपति पौडेलले जारी संसदको गतिरोधबारे चासो र चिन्ता राख्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ। सो  अवसरमा प्रधानमन्त्री दाहालले आफू समस्या समाधानको पक्षमा रहेको बताउँदै संसदमा जारी गतिरोध अन्त्यका लागि पहल गरिरहेको बताउनुभएको थियो ।