सात सय छयालीस स्थानीय तहकाे लेखापरीक्षणमा ५ स्थानीय तहकाे बेजुरु शुन्य
Swoniga Online – स्वनिगः अनलाइन | २०८१ जेठ १४, सोमबार वर्गीकृत राष्ट्रिय
ललितपुर/१४ जेठ : देशभरका सात सय छयालीस स्थानीय तहकाे लेखापरीक्षण हुँदा ५ स्थानीय तहकाे बेजुरु पाइएकाे छ । महालेखापरीक्षककाे कार्यालयले सार्वजनिक गरेकाे प्रतिवेदन अनुसार ललितपुरको काेञ्ज्याेसाेम गाउँपालिका, ताप्लेजुङकाे पाथिभरा याङ्वरक गाउँपालिका, पाँचथरकाे याङ्वरक गाउँपालिका, काभ्रेकाे महाभारत गाउँपालिका र धादिङ्गकाे राेराङ्ग बेनीघाट गाउँपालिका रहेका छन् । महालेखाले आर्थिक वर्ष २०७९/८० मा सात सय छयालीस स्थानीय तहकाे ११ खर्ब ३७ अर्ब ४ करोड १९ लाख रुपैयाँको लेखापरीक्षण गर्दा तीस अर्ब त्रियासी करोड त्रिपन्न लाख रुपैयाँ बेरुजु ओैल्याएकाे प्रतिवेदनमा उल्लेख गरिएको छ । देशका सात सय त्रिपन्न स्थानीय तहहरुमध्ये ८ वटा स्थानीय तहकाे लेखापरीक्षण हुन बाँकी रहेकाे प्रतिवेदनमा उल्लेख छ । याे बर्ष झापाकाे मेचीनगर नगरपालिका, सप्तरीको बिष्णुपुर गाउँपालिका, सिराहाकाे बरियारपट्टी गाउँपालिका, सर्लाहीको कविलासी नगरपालिका, बाराकाे सिम्राैनगढ नगरपालिका, हुम्लाको चंखेली गाउँपालिका र अदानचुली गाउँपालिकाले लेखापरीक्षण गराएका छैनन् ।


