add

वित्तीय सुशासनमा काठमाडौं भन्दा भरतपुर र ललितपुर अब्बल

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ जेठ १४, सोमबार वर्गीकृत स्थानीय-समाज

ललितपुर/१४ जेठ : महालेखापरीक्षकको ६१ औँ वार्षिक प्रतिवेदनले वित्तीय सुशासनमा वित्तीय सुशासनमा काठमाडौं भन्दा भरतपुर र ललितपुर अब्बल रहेकाे देखाएको छ । महालेखाले आइतबार सार्वजनिक गरेकाे प्रतिवेदनमा चितवनको भरतपुर महानगरपालिकाकाे बेरुजु शुन्य दशमलव शुन्य एक प्रतिशत र ललितपुर महानगरपालिकाकाे बेरुजु शुन्य दशमलव ४६ प्रतिशत मात्रै रहेकाे देखाएको छ । देशकै केन्द्रीय राजधानी रहेकाे र सबैतिरबाट चासाेका साथ हेरिरहेको  काठमाडौं महानगरपालिकाकाे बेरुजु १ दशमलव ११ प्रतिशत रहेकाे छ भने माेरङ्गकाे विराटनगर महानगरपालिकाकाे बेरुजु १ दशमलव शुन्य ३ प्रतिशत रहेकाे छ । कास्कीकाे पाेखरा महानगरपालिकाकाे ७ दशमलब ९८ प्रतिशत रहेकाे छ भने पर्साकाे विरगंज महानगरपालिकाकाे बेरुजु  ७ दशमलव १४ प्रतिशत रहेकाे छ। मुलुककै जेठाे र कलानगरीका रुपमा परिचित ललितपुर महानगरपालिकाले सबैभन्दा बढि पुरानाे बेरुजु फर्छ्याैट गरेर पनि वित्तीय सुशासनमा अब्बल देखिएकाे छ । देशका छ वटा महानगरपालिकाहरु मध्ये पुरानाे बेरुजु धेरै फर्छ्याैट गर्नुका साथै नियमानुसार गरिएको खर्चमा बेरुजुलाई एक प्रतिशत भन्दा कममा सीमित राख्दै वित्तीय सुशासन कायम राख्न सफल भएको आर्थिक प्रशासन महाशाखा प्रमुख विदुरप्रसाद धिमालले जानकारी गराउनुभयाे । "हाम्रो महानगरमा गत बर्षकाे बेरुजु शुन्य दशमलव ४६ प्रतिशतमा सीमित छ। पुरानाे बेरुजु असुलीमा अरु महानगरभन्दा हामी अब्बल छाैं, ५८ कराेडभन्दा माथिकाे पुरानाे बेरुजु रकम फर्छ्याैट भइसकेको छ।सवारी इन्धनको बचत गर्न विद्युतीय सवारी खरिद गरि प्रयाेगमा ल्याइएको छ, प्रशासनीक खर्च कम गरी पूँजीगत खर्चमा वृद्धि गरेका छाैं । चालु आर्थिक बर्षकाे दश महिनामा हामीले ५३ प्रतिशत भन्दा बढि पूँजीगत खर्च गरिसकेका छाैं, याे गतबर्षकाे तुलनामा अधिकतम उपलब्धि हाे।" उहाँले भन्नुभयो । वित्तीय सुशासनका आधारमा नियमानुसार गरिएको खर्चमा ३ प्रतिशतभन्दा कम बेरुजु हुनु, सञ्चालन खर्चमा भन्दा पुँजीगत खर्चमा वृद्धि हुनु, बेरुजु कम वा शुन्यता हुनु, पुराना बेरुजु फर्छ्याेट हुनु वित्तीय सुशासनका आधारमा हुन् ।