add

विश्वकपमा सहभागी खेलाडीलाई उच्चमनाेबलका साथ खेल्न राष्ट्रपतिकाे शुभकामना

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ जेठ २२, मंगलबार वर्गीकृत राष्ट्रिय

काठमाडौ/ २२ जेठ: राष्ट्रपति रामचन्द्र पाैडेलले टि - २० क्रिकेट विश्वकपमा सहभागी हुन अमेरिका पुगेको नेपाली टिमलाई  उच्च मनोबलका साथ खेलमा सहभागी हुन शुभकामना दिनुभएकाे छ । राष्ट्रपति पौडेलले  नेपाली राष्ट्रिय टिमका प्रतिनिधि मण्डलका सदस्यलाई टेलिफाेन गरेर उच्च मनोबलका साथ प्रतियाेगितामा सहभागी हुन शुभकामना दिनुभएको हो  । राष्ट्रपति पौडेलले सम्पूर्ण नेपाली साथमा रहेको  भन्दै उच्च मनोबलका साथ  मैदानमा उत्रिएर सफलता प्राप्त गर्ने विश्वास व्यक्त  गर्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको  छ । उहाँले नेपालले खेल्ने खेल सम्पूर्ण नेपाली विश्वभर जहाँ भएपनि हेरेर नेपाली टाेलीकाे हौसला बढाउने पनि विश्वास व्यक्त गर्नुभएको छ ।