add

शुक्रबार र शनिबार चापागाउँमा मुवाँथाई प्रतियोगिता हुँदै

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ जेठ २४, बिहिबार वर्गीकृत स्थानीय-समाज

ललितपुर/२३ जेठ: बज्रबाराही मुवाँथाई क्लवकाे आयाेजनामा ललितपुरको गाेदावरी नगरपालिका वडा नं. ११ स्थित सेराफाँटमा भाेली शुक्रबारबाट मुवाँथाई प्रतियोगिता हुने भएको छ ।
बज्रबाराही मुवाँथाई क्लवका अध्यक्ष अनिल श्रेष्ठले दिएकाे जानकारी अनुसार शुक्रबारबाट सुरु हुने राष्ट्रव्यापी प्रतियोगितामा धादिङ, पाेखरा, चितवन, धरान, सर्लाही, काभ्रे, मकवानपुर, सल्यान, ललितपुर, काठमाडौं र एनआर एनबाट समेत गरि १५० जना सहभागी हुनेछन् ।
"पूरुषतर्फ ४५, ५०, ५५, ६०, ६५, ७०, ७५ र ७५ केजी भन्दा माथि ताैल समूहमा प्रतिस्पर्धा हुनेछ, त्यस्तै महिलातर्फ ४५, ५५, ६५ र ६५ केजी माथि ताैल समूहमा प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताकाे उद्घाटन बागमती प्रदेशकाे खेलकुद मन्त्री रमा आलेमगरले गर्नुहुनेछ, भने समापनका अवसरमा खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङकाे प्रमुख आतिथ्यता रहनेछ ।" श्रेष्ठले भन्नुभयो ।
प्रतियोगिता सञ्चालनका लागि सम्पूर्ण तयारी भइसकेको कार्यक्रम व्यवस्थापक दिलिप बिष्टले जानकारी गराउनुभयाे ।