add

आइकेओ क्युकाेशिनकाई करातेका ६६ खेलाडीकाे वेल्ड परीक्षा सम्पन्न

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ जेठ २७, आइतबार वर्गीकृत खेलकुद

ललितपुर/ २७ जेठ, आइकेओ क्युकाेशिनकाई कराते डाेजाे नखिपाेटका ६६ जना जुनियर खेलाडीकाे बेल्ड परीक्षा सम्पन्न भएको छ। नखिपाेटमा सञ्चालित आइकेओ क्युकाेशिनकाई कराते डाेजाेका ६६ जना जुनियर खेलाडीहरुकाे वेल्ट परीक्षा शनिबार सफलतापूर्वक सम्पन्न भएको डाेजाेका प्रमुख प्रशिक्षक  समीर श्रेष्ठले जानकारी गराउनु भएको हाे। शुक्रबार र शनिवार भएकाे वेल्ड टेष्टमा प्रमुख प्रशिक्षक सेन्सेई समिर श्रेष्ठ, प्रशिक्षक सेन्सेई उत्तम स्थापित, सहायक प्रशिक्षकहरु विश्व दाेङ, अमित घलान र राेहनी कस्तीले खेलाडीहरुकाे परीक्षा लिनुभएकाे हाे।

"बेल्ट टेष्टमा सहभागीहरुमध्ये २ जनाले सिनियर ग्रीन वेल्ट, ६ जनाले ग्रीन बेल्ट, १३ जनाले एल्लाे, २० जनाले व्लु र  २५ जनाले अरेन्ज वेल्टकाे परीक्षा सम्पन्न भएको छ" प्रमुख प्रशिक्षक समीर श्रेष्ठले भन्नुभयो ।

आइ के ओ क्याेकुशिनकाई नेपालका ब्रान्च चिफ सेन्सेई दिपक लामाले वेल्ट टेष्टबाट खेलाडीहरुकाे क्षमताको पहिचान हुनुका साथै उनीहरुमा खेल क्षमताको अभिबृद्धि हुने बताउनु भयाे । ' वेल्ट टेष्टबाट खेलाडीहरुकाे क्षमताको पहिचान हुन्छ। प्रतिस्पर्धा गर्न सक्ने खुबी वृद्धि हुँदै जान्छ । उनीहरुले पाउने वेल्टकाे महत्त्व र वेल्ट अनुसारको क्षमताकाे जानकारी हुन्छ ।' लामाले भन्नुभयो।

अत्यन्तै कडा मेहनत र अनुसाशनमा राखेर प्रशिक्षित हुन सफल भएका खेलाडीहरुकाे मात्रै वेल्ट परीक्षा लिएर स्तराेन्नति गरिएको प्रमुख प्रशिक्षक सेन्सेई समीर श्रेष्ठले बताउनु भयाे। "६० दिन हाजिर भएको याेग्य खेलाडीहरुलाई मात्रै वेल्ट टेष्टमा सहभागी गराएका छाैं, लिखित परिक्षा, बेसिक (किहाेन) मापदण्डहरुकाे परीक्षण, स्टेपिङ, काता, कुमिते परिक्षमा पूरा गरेकाहरु वेल्ट टेष्टमा सहभागी गराउँछाैं । ६० दिन हाजिर भएर पनि राम्रोसँग खेल्न नसकेकाहरुलाई वेल्ट टेष्टमा सहभागी गराइएको छैन । कडा मेहनत र परिश्रम बिना स्तराेन्नतिमा समावेश गराएका छैनौं । "श्रेष्ठले भन्नुभयाे।
प्रत्येक तीन देखि चार महिनाभित्र बेल्ट टेष्ट हुने डाेजाेका प्रमुख प्रशिक्षक श्रेष्ठले जानकारी गराउनु भयाे । दुई दिनसम्म चलेकाे बेल्ट टेष्टमा खेलाडीहरुले पूर्ण अनुशासनमा रहेर खेलका सबै नियमहरु पालना गरेर बेल्ट परीक्षा उतिर्ण गरेका हुन् ।

यस अघि माघ २६ र २७ गते ४५ जनाकाे वेल्ट टेष्ट सम्पन्न  भएको थियाे । स्वीडेनकाे हाेन्बुकाे इन्टरनेशनल कराते अर्गनाइजेशन क्याेकुशिनकाईसंग आवद्ध इन्टरनेशनल कराते अर्गनाइजेशन क्याेकुशिनकाई नेपालकाे माताहातमा रहेकाे आइकेओ क्युकाेशिनकाई कराते डाेजाेले हरेक बर्ष बार्षिक कार्यक्रमहरु तय गर्दै आएकाे छ ।
डाेजाेमा प्रशिक्षणमा रहने खेलाडीहरुकाे खेल प्रतिभा प्रदर्शन गर्ने वातावरण मिलाउँदै आएकाे डाेजाेका प्रशिक्षक सेन्सेई उत्तम स्थापितले जानकारी गराउनुभयाे । यस डाेजाेमा आवद्ध खेलाडीहरुलाई अरु संघसंस्थाले आयाेजना गरेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्दै खेलाडीहरुकाे ज्ञान, सीप र दक्षता वृद्धि गर्न डाेजाे सक्रिय रहेकाे उहाँले बताउनुभयो ।