एमाले ललितपुर महानगर कमिटिको अध्यक्षमा ज्ञानेन्द्र शाक्य निर्वाचित
Swoniga Online – स्वनिगः अनलाइन | २०८१ आषाढ ३, सोमबार वर्गीकृत राजनीति

ललितपुर/३ असार,नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ललितपुर महानगर कमिटीको दोश्रो अधिवेशनबाट अध्यक्ष पदमा ज्ञानेन्द्र शाक्य निर्वाचित हुनुभएको छ। यही असार २ गते ललितपुरको धापाखेलस्थित रिजेन्ट स्कुलमा भएको अधिवेशनले शाक्यको नेतृत्वमा नयाँ कमिटी चयन गरेको हो । शाक्य निवर्तमान बागमती प्रदेशसभा सदस्य हुनुहुन्छ ।
त्यस्तै, नयाँ कमिटीको उपाध्यक्षमा दिपेन्द्र शिम्खडा, सचिवमा ज्ञानभक्त डंगोल, उपसचिबमा धर्मरत्न शाक्य र पृथबिन्दु महर्जन निर्वाचित हुनुभएको छ । ललितपुर महानगरमा नेतृतव चयनसंगै ललितपुरका स्थानीय तहहरुमा एमालेले अधिवेशन सम्पन्न गरेको छ ।
यसअघि जेठ ३१ गते सम्पन्न महालक्ष्मी नगर कमिटीको अधिवेशनले नकुल थापाको नेतृत्वमा नयाँ कमिटी चयन गरेको छ । थापा नेतृत्व कमिटीको उपाध्यक्षमा उपाध्यक्षमा बिना सुवेदी, सचिवमा भाष्कर गौतम, उपसचिवमा माधव श्रीमाली र उमा पौडेल निर्वाचित हुन सफल हुनुभएको छ ।
गत चैत्रमा जिल्ला कमिटीको नवौँ अधिवेशनपछि यही जेठ मसान्तसम्म स्थानीय अधिवेशनहरु सम्पन्न गर्नुपर्ने केन्द्रीय कमिटीको सर्कुलर अनुसार ललितपुरको गोदावरी, वागमती, महाँकाल र कोञ्ज्योसोम कमिटीका अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भएको छ । जेठ महिनामा भएको अधिवेशनले गोदावरीमा विक्रम घिमिरेको नेतृत्वमा ७३ सदस्यीय कमिटी गठन गरेको छ । त्यस्तै वागमतीमा नवराज सञ्जेलको नेतृत्वमा, महाँकालमा राजकुमार अधिकारी र कोन्ज्योसोममा कविन्द्र लामाको नेतृत्वमा नयाँ कमिटी चयन भएको छ ।