बज्रबाराही भजन मण्डलकाे अक्षयकोष स्थापनाका लागि दश हजार पाँच प्राप्त
Swoniga Online – स्वनिगः अनलाइन | २०८१ आषाढ १०, सोमबार वर्गीकृत स्थानीय-समाज

ललितपुर/ १० असार, बज्रबाराही भजन मण्डलकाे अक्षय काेष स्थापनाका लागि सहयाेग रकम जुट्न थालेको छ ।
अक्षयकोष स्थापनाका लागि तान्त्रिक गुरु तेजमुनि बज्राचार्यले पूर्णिमामा भजनमा सहभागी हुन आउने भक्तजनहरु तथा जेष्ठ नागरिकहरुलाई खाना र खाजाको प्रबन्ध गर्नको लागि दश हजार पाँच सय ५१ रुपैयाँ सहयाेग उपलब्ध गराउनु भएको हाे ।
दैनिक रुपमा हुने नित्य भजन सञ्चालनका साथै हरेक पूर्णिमामा हुने भजनलाई व्यस्थित बनाउन अक्षयकोष स्थापना गर्न लागिएको भवन मण्डलका कार्यवाहक अध्यक्ष चिरी नानी श्रेष्ठले जानकारी गराउनुभयाे ।
मठमन्दिर, देवालय तथा शिवालयहरुमा हुने नित्य भजन तथा समयसापेक्ष हुने भजनकिर्तन सुनेर दर्शनका लागि आउने दर्शनार्थीहरु समेत आनन्दित हुन्छन् । भजन गाउने र सुन्ने बानीले मनलाई आनन्दित बनाउनुका साथै सनातन धर्म–संस्कृति र परम्परा संरक्षणका हिसाबले पनि उपयुक्त हुन्छ । जेष्ठ नागरिकहरुलाई समय व्यतित गर्नका लागि मात्रै नभई युवावर्गमा पनि आध्यात्मिक चिन्तन र चेतना जगाउनका लागि पनि भजनका लागि केही समय दिनु उपयुक्त मानिन्छ ।
आममानिसमा भजनप्रतिको सहभागिता, रौनक, उत्सुकता र थकाइबिनाको मनोरञ्जनले दिन वा रात बितेको पत्तै हुँदैन । परम्परा अनुसार जाग्राम बस्न भजन, कीर्तनकै सहारा लिने गरिन्छ । वास्तवमा शास्त्रमा आधारित र धार्मिक महत्त्व रहेकाले जनसंस्कृति र लोक भाकाको प्रतीकका रूपमा समेत भजनलाई लिइन्छ ।