add

डाक्टरकाे सिफारिस बिना क्यान्सरको ओैषधि बिक्री गर्ने मेडिकल सिल

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ आषाढ २७, बिहिबार वर्गीकृत स्थानीय-समाज

ललितपुर/ २७ असार : डाक्टरकाे सिफारिस बिना क्यान्सरको ओैषधि बिक्री गर्ने मेडिकलमा औषधि व्यवस्था बिभागले सिल गरिदिएकाे छ । जिल्ला प्रहरी कार्यालय ललितपुरका सूचना अधिकारी प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी अनुसार मंगलबार दिउँसो औषधि व्यवस्था बिभाग ववरमहलबाट खटिएको अनुगमन टोलीले अनुगमन गर्दा खरिद गरेको बिल नभएको औषधि फेला परेको हुँदा पाटन अस्पताल अगाडी रहेको श्रीराम औषधि पसलमा सिल गरिदिएकाे हाे ।
"लगनखेल पाटन अस्पताल अगाडि रहेको श्रीराम फार्मेसीमाओैषधि विभागले अनुगमन गरेकाे हाे, पसल सिल गरेर विभागले अनुसन्धान गरिरहेको छ, विभागकै अनुसन्धानकाे आधारमा पसल सञ्चालकलाई हिरासतमा राखिएको छ।" प्रवक्ता सुवेदीले भन्नुभयो ।

विभागले उक्त फार्मेसीबाट विभिन्न किसिमको विल नभएको दुई सय ३० थान औषधि बरामद गरेको उहाँले जानकारी गराउनुभयाे ।