राष्ट्रपतिद्वारा सरकार गठनको लागि आह्वान
Swoniga Online – स्वनिगः अनलाइन | २०८१ आषाढ २८, शुक्रबार वर्गीकृत राष्ट्रिय

काठमाडौं/ २८ असार, राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनको लागि आह्वान गर्नुभएको छ। पौडेलले शुक्रबार संविधानको धारा ७६ ९२० अनुसार नयाँ सरकार गठनको आह्वान गर्नुभएको हो। नयाँ सरकार गठनका लागि दाबी पेस गर्न राष्ट्रपति पौडेलले आइतबार साँझ ५ बजेसम्मको समय दिनुभएको छ।
संघीय संसदको प्रतिनिधिसभामा विश्वासको मत पाउन नसकेपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीबाट पदमुक्त हुनुभएको छ।
प्रधानमन्त्रीले पेस गरेको विश्वासको मतको प्रस्तावमा मतदान हुँदा पक्षमा ६३ मत परेको थियो। विपक्षमा १९४ मत परेको छ। विश्वासको मतका लागि भएको मतदानमा २५८ सांसद सहभागी हुनुहुन्थ्यो।
राष्ट्रपतिले सरकार गठनको आह्वान गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा अगाडि सारेर हस्ताक्षर पेस गर्ने तयारी भएको छ। कांग्रेसका ८८ र एमालेका ७७ गरी १६५ सांसदको समर्थन लिएर ओलीले प्रधानमन्त्रीमा दाबी पेस गर्नेछन्। अन्य साना दलहरुलाई पनि सरकारमा सहभागी गराउने बताइएको छ।