बागमती प्रदेशमा मन्त्रीकाे जिम्मेवारी हेरफेरसंगै मन्त्रीपरिषद विस्तार
Swoniga Online – स्वनिगः अनलाइन | २०८१ श्रावण १२, शनिबार वर्गीकृत राष्ट्रिय

हेटौंडा/ १२ साउन, बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले मन्त्रीहरुकाे जिम्मेवारी हेरफेर गरेसंगै मन्त्रीपरिषद विस्तार भएको छ। विस्तारित मन्त्रीपरिषदमा रसुवााका प्रभात तामाङलाई हटाएर काठमाडौं ६ बाट निर्वाचित प्रदेशसभा सदस्य हरिप्रभा खड्गीलाई समेटिएको छ।
उहाँले सामाजिक विकास मन्त्रालयमा हरि प्रभा खड्गीलाई नियुक्त गर्नुभएकाे छ। त्यस्तै सुरजचन्द्र लामिछानेलाई आन्तरिक मामिला तथा कानुन, मीनकृष्णलाई युवा तथा खेलकुद र विमललाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
मुख्यमन्त्री लामाले बिहीवार आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भएका रसुवाका प्रभात तामाङलाई हटाएर कुन्दन राज काफ्लेलाई जिम्मेवारी दिनुभएकाे हाे ।
बुधबार विनाविभागीय मन्त्रीको शपथ लिएका काफ्लेलाई मुख्यमन्त्री लामाले बिहीबार नै सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिनुभएकाे थियाे। तर, काफ्लेले आर्थिक मामिला मन्त्रालय माग्दै शपथ कार्यक्रम रोक्न दबाव दिनुभएकाे थियाे ।
लामाले काफ्लेलाई आर्थिक मामिला पठाएसँगै रिक्त रहेको सामाजिक विकास मन्त्रालयमा हरि प्रभा पुग्नुभएकाे हाे । यसअघि महिलालाई मन्त्री नबनाएको भन्दै कांग्रेसभित्र विवाद चर्किएको थियो ।