हिरामण्डीमा मनिषासँगै देखिएकी सन्जिदा शेख नेपाल आउँदै
Swoniga Online – स्वनिगः अनलाइन | २०८१ श्रावण १६, बुधबार वर्गीकृत राष्ट्रिय

काठमाडौँ/ १६ साउन, बलिउडकाे हिरामण्डीकी अभिनेत्री सन्जिदा शेख नेपाल आउनु हुने भएकाे छ । साउन २६ मा गैह्रीधाराको एलिसमा ट्रुडर्मा ब्राण्डको ‘ट्रु स्किन ब्राण्ड’ लन्च गर्न सहभागी हुन नेपाल आउन लाग्नु भएकाे हाे ।
ट्रुडर्मा ब्राण्डका कम्पनी कन्सल्टयान्ट दिपक जैशवालले ट्रु स्किन ब्राण्डको उत्पादनहरू उद्घाटन गर्न सन्जिदा शेख नेपाल आउन लागेको जानकारी दिनुभयो ।
शेख आफैँले प्रोडक्टको अनावरण गर्नुहुनेछ । उहाँले आफ्नो व्यक्तिगत स्किनकेयरको दैनिक रुटिन र ट्रु स्किनको प्रभावकारिताबारे पनि अनुभव साटासाट गर्ने कार्यक्रम रहेको छ ।
नेपाली ब्राण्ड रहेको ट्रुडर्माले नेपाली सौन्दर्य सामग्री उत्पादन गर्ने गरेको उहाँले बताउनुभयाे । उहाँका अनुसार कलाकार शेख नयाँ स्किनकेयर प्रोडक्ट 'ट्रु स्किन'को लन्चमा सहभागी हुनुहुने छ । ट्रु स्किन, ट्रु डर्मा कम्पनीको नयाँ उत्पादन हो । जुन त्वचाको हेरचाह र सौन्दर्यको क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउने विश्वास रहेको उहाँले उल्लेख गर्नुभयाे।
प्रोडक्टलाई विशेषगरी प्राकृतिक तत्वहरूमाथि आधारित बनाइएको जैशवालले जानकारी दिनुभयाे। त्वचालाई स्वस्थ, चम्किलो र ताजा राख्न मद्दत गर्ने उहाँको भनाइ छ ।
ट्रु डर्माले नेपाली बजारमा आफ्नो उपस्थितिलाई पकड राख्न यो प्रोडक्ट लन्चलाई ठूलो महत्व दिएको जैशवालले बताउनुभयाे ।
‘यो नयाँ उत्पादनले नेपाली उपभोक्ताको आवश्यकतालाई सम्बोधन गर्दै स्वस्थ र सुन्दर त्वचाको चाहनालाई पुरा गर्ने विश्वास छ,’ उहाँले भन्नुभयाे ।