राष्ट्रपतिद्धारा भोटोजात्रा अवलोकन
Swoniga Online – स्वनिगः अनलाइन | २०८१ श्रावण २०, आइतबार वर्गीकृत राष्ट्रिय

काठमाडौँ, २० साउन। राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गर्नुभएकाे छ । ललितपुरको जावलाखेलमा आईतबार अपराह्न आयोजित भोटो जात्रामा सरिक भई राष्ट्रपति पौडेलले भोटो जात्रा अवलोकन गर्नुभएकाे हाे । राताे मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्याइएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आईतबार राष्ट्रपति पौडेलको उपस्थितिमा गुठी संस्थान ललितपुरका कर्मचारीले भोटो देखाउनुभएकाे हाे ।
राष्ट्रपति पाैडेल भाेटाे जात्रा अवलाेकनका लागि जावलाखेल पुग्दा ललितपुर महानगरपालिकाका प्रमुख, उपप्रमुखलगायतका अधिकारीहरू तथा गुठि संस्थानका पदाधिकारीहरूले स्वागत गर्नुभएकाे थियाे ।
सो अवसरमा राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथको दर्शन गर्नुका साथै प्रसाद ग्रहण गर्नुभएकाे थियाे । भोटो जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधनन्याधीश विश्वमभर श्र्ष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू लगायत उच्च पदस्थ अधिकारीहरूकाे सहभागी रहेकाे थियाे । साथै भोटो जात्रा हेर्न आम नागरिकको उल्लेख्य सहभागिता थियो ।