add

नेपालमका सबै जातजाति भाषा संस्कृतिको उत्थान र विकास आवशक छ – राष्ट्रपति पाैडेल

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ भाद्र २, आइतबार वर्गीकृत राष्ट्रिय

काठमाडौं/ २ भदौ, राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश भएकाले सबै जातजाति, भाषाभाषी र संस्कृतिको उत्थान र विकास हुनुपर्ने खाँचो औल्याउनुभएको छ । नेवाः पत्रकार राष्ट्रिय दबूका पदाधिकारी एवं पत्रकारहरुसंग राष्ट्रपति भवन शीतल निवासमा आइतबार भएको भेटमा राष्ट्रपति पौडेलले सो खाँचो औल्याउनुभयो।

सो अवसरमा राष्ट्रपति पौडेलले विविध भाषाभाषी, संस्कृति र समुदायको विकास र अधिकारको उपभोगले राष्ट्रिय एकता बलियो हुने धारणा पनि राख्नुभयो। उहाँले नेपालभाषा लगायतका विभिन्न मातृभाषामा पत्रपत्रिकाको प्रकाशन र विकासले सम्बन्धित भाषा, साहित्य, संस्कृतिको विकासमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। राष्ट्रपति पौडेलले पत्रकारिताको समावेशीकरण,नेपालमा मातृभाषाको पत्रकारिताको विकासको लागि आफ्नो पूर्ण सहयोग र समर्थन रहने पनि बताउनुभयो।

सो अवसरमा उहाँ सबै भाषाका मूर्धन्य साहित्यकारहरुको सालिक एक ठाउँमा राख्ने भानु उद्यान बनाउने तयारी भइरहेको पनि जानकारी दिनुभयो। सो अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले राष्ट्रपति पौडेल समक्ष ध्यानाकर्षण पत्र बुझाउनुभयो।यस अघि राष्ट्रपति पौडेल समक्ष पत्रकार राष्ट्रिय दबूका वरिष्ठ उपाध्यक्ष सुनील महर्जनले सञ्चारमाध्यमको समावेशीकरण र मातृभाषाको पत्रकारिताको विकासको लागि संविधानको संरक्षकको हैसियतले राष्ट्रपतिको तर्फबाट सरकारलाई सुझाव र ध्यानाकर्षण गराउनुपर्ने बताउनुभयो। राज्यको चरित्र समावेशी बनाउन सञ्चारमाध्यमपनि समावेशी हुनुपर्ने पनि वरिष्ठ उपाध्यक्ष महर्जनको भनाई रहेको छ ।

नेपाल भाषाको पत्रकारिता शुरु भएको एक सय वर्ष पुगेको सन्दर्भमा नेवाः पत्रकार राष्ट्रिय दबूले विविध कार्यक्रम आयोजना गरी मातृभाषा पत्रकारिता शत्ताब्दी महोत्सवको मनाउँदै आएको छ । यस सन्दर्भमा पत्रकार राष्ट्रिय दबूका पदाधिकारीले राष्ट्रपति पौडेललाई भेटेको हो।

यस अघि राष्ट्रपति पौडेल समक्ष पत्रकार राष्ट्रिय दबूका वरिष्ठ उपाध्यक्ष सुनील महर्जनले सञ्चारमाध्यमको समावेशीकरण र मातृभाषाको पत्रकारिताको विकासको लागि संविधानको संरक्षकको हैसियतले राष्ट्रपतिको तर्फबाट सरकारलाई सुझाव र ध्यानाकर्षण गराउनुपर्ने बताउनुभयो। राज्यको चरित्र समावेशी बनाउन सञ्चारमाध्यमपनि समावेशी हुनुपर्ने पनि वरिष्ठ उपाध्यक्ष महर्जनको भनाई रहेको छ ।

नेपाल भाषाको पत्रकारिता शुरु भएको एक सय वर्ष पुगेको सन्दर्भमा नेवाः पत्रकार राष्ट्रिय दबूले विविध कार्यक्रम आयोजना गरी मातृभाषा पत्रकारिता शत्ताब्दी महोत्सवको मनाउँदै आएको छ । यस सन्दर्भमा पत्रकार राष्ट्रिय दबूका पदाधिकारीले राष्ट्रपति पौडेललाई भेटेको हो।