अज्ञात समूहले चलाएको गोली लागेर महोत्तरीमा एक जना घाइते

Swoniga Online – स्वनिगः संवाददात | २०७७ चैत्र १९, बिहिबार वर्गीकृत अपराध

अज्ञात समूहले चलाएको गोली लागेर महोत्तरीमा एक जना घाइते भएका छन् ।

जिल्लाको औरही नगरपालिका वडा नम्बर ६ बैरियामा अज्ञात समूहले प्रहार गरेको गोलीबाट बर्दिवास नगरपालिका वडा नम्बर १ का ३० वर्षीय रोशन कोइराला घाइते भएको प्रहरीले जनाएको छ । एउटा गोली उनको हातमा र अर्काे कोखामा लागेको आचार्यले बताए ।

गोली प्रहारबाट घाइते भएका कोइरालालाई उपचारका लागि बर्दिवासस्थित जनसेवा अस्पतालमा भर्ना गरिएको छ ।

कोइराला औरहीतर्फ गएको बेलामा बुधबार राति करिब ७ः३० बजेतिर उनीमाथि गोली प्रहार भएको एसपी आचार्यले बताए ।