add

तत्कालै लकडाउनको कुनै तयारी नगरेको स्पष्ट

Swoniga Online – स्वनिगः संवाददात | २०७७ चैत्र २७, शुक्रबार वर्गीकृत राष्ट्रिय

सरकारले अहिले तत्कालै लकडाउनको कुनै तयारी नगरेको स्पष्ट पारेको छ ।

“सरकार लकडाउनमा जान्छ कि जाँदैन भन्ने तयारी नै नभएको विषयमा  उत्तर दिन जरुरी छैन,” पत्रकारले राखेको प्रश्नको जवाफ दिँदै उनले भने, “सरकारले लकडाउन गर्न पाइँदैन भनेर नागरिक समाजले भनिरहेको छ ।

शुक्रबार सूचना प्रविधि मन्त्रालयमा सरकारका निर्णय सार्वजनिक गर्दै मन्त्री पार्वत गुरुङले सरकारले अहिले लकडाउनका विषयमा कुनै तयारी नगरेको बताएका हुन् ।

यस्ता महामारीबाट कसरी बच्ने, कसरी सुरक्षित हुने र नेपाली जनताको जीवन सुरक्षाको कसरी काम गर्ने भन्ने सोच सरकारले लिनेछ ।” उनले सबैको परामर्शमा सरकारले निश्चित मापदण्ड बनाउने पनि बताए ।