भारतमा २४ घण्टामा एक लाख ४५ हजार ३८४ जनामा संक्रमण पुष्टि
Swoniga Online – स्वनिगः संवाददात | २०७७ चैत्र २८, शनिबार वर्गीकृत राष्ट्रिय
कोरोना संक्रमणको दोस्रो लहर सामना गरिरहेको भारतमा एकैदिन झण्डै डेढ लाख नयाँ संक्रमित भेटिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक लाख ४५ हजार ३८४ जनामा संक्रमण पुष्टि भएको छ भने ७९४ जनाको मृत्यु भएको छ ।
यससँगै भारतमा कुल संक्रमितको संख्या एक करोड ३२ लाख ५ हजार ९२६ पुगेको छ ।
उनीहरुमध्ये १ करोड १९ लाख ९० हजार ८५९ जना संक्रमणमुक्त भएका छन् ।
भारतमा १० लाख ४६ हजार ६३१ सक्रिय संक्रमित छन् ।
कोरोना संक्रमणबाट भारतमा हालसम्म १ लाख ६८ हजार ४३६ जनाको मृत्यु भएको छ ।


