दिल्ली क्यापिटल्सले विजयी सुरुवात गरे

Swoniga Online – स्वनिगः संवाददात | २०७७ चैत्र २९, आइतबार वर्गीकृत खेलकुद

दिल्ली क्यापिटल्सले चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै १४औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा विजयी सुरुवात गरेको छ ।

दिल्लीका लागि शिखर धवनको सर्वाधिक ८५ रन बनाए । उनले ५४ बल खेल्दै १० चौका र २ छक्का प्रहार गरे । पृथ्वी शले ३८ बल खल्दै ९ चौका र ३ छक्का मद्दतमा ७२ रन बनाए । 

ओपनरद्वय शिखर धवन र पृथ्वी शले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक बनाएपछि दिल्लीले शनिवार चेन्नाईलाई ७ विकेटले पराजित गरेको हो चेन्नाईले दिएको १ सय ८९ रनको लक्ष्य दिल्लीले १८.४ ओभरमा खेल्दै ३ विकेट गुमाएर पूरा गरेको हो ।

मार्कु स्टोइनिसले १४ रन जोडे । यस्तै पहिलो पटक दिल्लीको कप्तानी सम्हालेका ऋषभ पन्त १५ रनमा अविजित रहे । चेन्नेईका सार्दुल ठाकुरले २ तथा डायन ब्राभोले १ विकेट लिए ।

त्यसअघि मुम्बईको वाङखडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नेईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो । चेन्नाईको लागि सुरेश रैनाले २६ बल खेल्दै ३ चौका र ४ छक्का मद्दतमा ५४ रन बनाए ।

यस्तै मोइन अलीले ३६ रन,साम करनले १५ बल खेल्दै ४ चौका र २ छक्का मद्दतमा ३४ रन जोडे । अम्बाती राएडुले २३ रन बनाए । रविन्द्र जडेजाले १७ बल खेल्दै ३ चौका मद्दतमा अविजित २६ रन बनाए ।

दिल्लीका लागि बलिङमा क्रिस वोक्स र आभेषष खानले २-२ तथा रविचन्द्रन आश्विन र टम करनले १-१ विकेट लिए ।आईपीएलमा आज सनराइजर्स हैदरावाद र कोलकता नाइट राइडर्सबीच खेल हुनेछ । उक्त खेल चेन्नाईमा हुनेछ ।