add

नेवा मिसा दबू गैडाकोट नगरसमितिको आयोजनामा शुभकामना कार्यक्रम सम्पन्न

Swoniga Online – स्वनिगः संवाददात | २०७७ चैत्र २९, आइतबार वर्गीकृत राष्ट्रिय

नेवा मिसा दबू गैडाकोट नगरसमितिको आयोजनामा श्रीराम पार्टी प्यालेस,गैडाकोट नवलपुरमा नयाँ वर्ष २०७८ को शुभकामना, सम्मान तथा समिक्षा बैठक कार्यक्रम सम्पन्न भएको छ ।

सो कार्यक्रममा कार्यक्रममा कार्यक्रमका प्रमूख अतिथि गैडाकोट नगरपालिका वडा २ का वडा अध्यक्ष ध्रुवराम पौडेल हुनुहुन्थ्यो । वहाँले नेवारी संस्कृति समग्र नेपालको सान भएकोले यसको जगेर्ना गर्न नेवारी समुदाय एक भएर अगाडी बढनु पर्ने कुरामा जोड दिनु भएको छ । सो कार्यक्रममा यस कार्यक्रमका अध्यक्ष सीता श्रेष्ठले नेवारी महिलाहरूको हकहितको लागि नेवा मिसा दबू गैडाकोट नगरसमिति सधै तत्पर भएर अगाडी बढने र विभिन्न महिला नेतृत्वको कार्यक्रमहरू गर्ने प्रतिबदता जनाउनु भएको छ ।

वहाँले थप्नु भयो हामी नेवार समुदायभित्रका नेवारी संस्थाका दाजुभाई दिदीबहिनीहरू मिलेर अगाडी बढनु पर्ने आवश्यकता रहेको कुरामा पनि जोड दिनुभएको छ ।

यस संस्थाले आफूले संचालन गरेको बेलविवाह कार्यक्रममा सहयोग गर्नु हुने ब्यक्तित्वहरूलाई सम्मान गर्नु  भएको छ ।

कार्यक्रममा नेवा पत्रकार राष्ट्रिय दबू चितवन शाखाका अध्यक्ष कमलमान श्रेष्ठले नेवारी समूदायको हरेक सुचना तथा समाचारहरू विभिन्न मिडियमा मार्फत ल्याउन सहयोग गर्ने र नेवार दाजुभाई दिदीबहिनीहरू विचको एकता गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।