add

त्रि.वि.शिक्षण अस्पतालको नयाँ भवनमा कोविड उपचार कक्ष बनाइँदै : महानगर प्रमुख उपप्रमुखबाट निरीक्षण

Swoniga Online – Surendra Bhakta Shrestha | २०७८ बैशाख २३, बिहिबार वर्गीकृत राष्ट्रिय

शिक्षण अस्पताल महाराजगञ्जले नयाँ भवनमा कोविड उपचार कक्ष बनाउने तयारी गरेको छ । यी कक्षको तयारीको जानकारी लिन आज काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ र वडा ३ का अध्यक्ष दिपक के. सी. अस्पताल पुग्नुभएको थियो ।

त्यस क्रममा अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. दिनेश काफ्लेले अहिले कोविड उपचार पद्धतिको अभ्यास र नयाँ तयारीका बारेमा स्थलगत अवलोकन गराउनुभएको थियो । त्यस क्रममा आकस्मिक कक्ष, कोविड उपचार कक्ष, सघन उपचार कक्षको निरीक्षण गरिएको थियो ।  

अवलोकनमा क्रममा प्रमुख शाक्यले, कोविड उपचारका लागि अस्पतालले गरिरहेको काम, थप योजनाका विषयमा जिज्ञासा राख्नुभएको थियो । 

नयाँ भवनको निरीक्षणका क्रममा प्रमुख शाक्यसँग आफ्ना अपेक्षा पूरा गर्दै काफ्लेले भन्नुभयो, कोविडको सघन उपचार कक्ष चलाउन महानगरले भेन्टिलेटर खरिदका लागि सहयोग गरिदिनुपर्छ । उहाँको सहयोग अपेक्षामा जवाफ दिँदै प्रमुख शाक्यले, महानगर संस्थागत साझेदारिताबाट कोविड रोकथाम र नियन्त्रणका लागि दिगो र परिणाममुखी काम गर्ने योजनामा रहेको बताउनुभयो । जटिल अवस्थामा पुगेका कोविडका विरामीको उपचारका लागि अस्पतालबाट प्राप्त प्रस्तावका बारेमा छिट्टै निर्णय दिने प्रमुख शाक्यको भनाइ थियो । 

प्रमुख शाक्यको जिज्ञासा मेटाउँदै कार्यकारी निर्देशक प्रा. डा. काफ्लेले, जनशक्ति परिचालन र स्रोत व्यवस्थापनका कोणबाट महामारी व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको बताउनुभएको थियो । ‘क्यान्सर उपचारका लागि निर्माण गरिएको सुरेश वाग्ले क्यान्सर सेन्टरलाई अहिलेका लागि कोविड उपचार कक्ष बनाउने भएका छौँ । क्षमता १ सय ४० वेडको हो । अहिले यसमा १ सयसम्म वेड सञ्चालन गछौँ । जसमध्ये आजैबाट ४० वटा वेड सञ्चालनमा आइसकेका छन् ।’ यो समस्या बढ्दै गयो भने यस कक्षसँग गणेशमान भवन (सघन उपचार कक्ष भएको) लाई जोडेर सेवा विस्तार गर्दै लानेछौँ ।’ काफ्लेको भनाइ थियो । 

अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीकाअनुसार अस्पतालले अहिले २ सय ५० वडा वेड कोविडका विरामीका लागि छुट््याएको छ । यीमध्ये २१८ जना विरामीले उपचार गराइरहेका छन् । अस्पतालमा उपचार गराउन आएका कोविडका विरामीमध्ये यसपटक २ जनाको मृत्यु भएको छ । 

अस्पतालसँगको सहकार्य सकारात्मक र नजिताउन्मुख भएको वडा ३ का अध्यक्ष के. सी. को भनाइ छ । महानगरको सहयोगमा अस्पतालमा कोविड उपचारका लागि ५ सय वटा वेड पु¥याउने योजनाबमोजिम काम भइरहेको छ । के. सी. को भनाइ छ ।