add

जाहिदको निर्णायक गोलले ललितपुरको पहिलो जित

Swoniga Online – अनुप प्रधान | २०७८ बैशाख २४, शुक्रबार वर्गीकृत राष्ट्रिय

ललितपुर सिटी एफसीले फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) मा पहिलो जित निकालेको छ । बुटवल लुम्बिनी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै ललितपुरले पाँचौ मिनेटमा स्ट्राइकर नुर्लान नोभ्रुजुभ जाहिदको निर्णायक गोल प्रतियोगितामा पहिलो जित निकालेको हो । 

कप्तान अन्जन बिष्टको हेडर पासमा अनमार्क रहेका नुर्लानले डाइभ हेडमार्फत गोल गरेका थिए । मैदानको बायाँ भागबाट डिफेन्डर निरज बस्नेतको बाईसाइकल प्रहारमा अन्जनले नुर्लानलाई हेडिङ पास उपलब्ध गराएका थिए ।

खेलको ३२ औं मिनेटमा ललितपुरका भिलिम पोसिन्कोभिचले गोलको सुनौलो अवसर खेर फाले । अन्जनको पासमा पेनाल्टी बक्स भित्रबाट भिलिमले प्रहार गरेको बल पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

त्यस्तै इन्जुरी समयको अन्तिम मिनेटमा ललितपुरका विमल रानाको प्रहारलाई बुटवलका गोलकिपर विशालले क्लियर गर्न खोजेको बल पोलमा लाग्दै फर्केको बलमा कप्तान अन्जनले गोल गरेका थिए । तर, लाइन रेफ्रीले अफसाइडको इशारा गरेपछि ललितपुर अग्रता दोब्बर बनाउन चुकेको थियो।

फोटो अनुप प्रधान