add

बन्दाबन्दीमा सडक कालोपत्रे, पूर्वाधार निर्माणका काम नियमित

Swoniga Online – स्वनिगः संवाददात | २०७८ बैशाख २५, शनिबार वर्गीकृत राष्ट्रिय

बन्दाबन्दीका समयमा महानगरले पूर्वाधार निर्माणका केही कामहरुलाई नियमितता दिएको छ । निषेध आदेश जारी हुँदाका बखत थालनी भइसकेका र सीमित जनशक्तिबाट सुरु गर्न सकिने कामलाई महानगरले नियमित गरेको हो । 

जिल्ला प्रशासन कार्यालयबाट जारी निषेध आदेश र स्वास्थ्य मन्त्रालयबाट जारी स्वास्थ्य मापदण्डको पालना गराएर पूर्वाधारका कामलाई नियमित गरेका हौँ । सहरी पूर्वाधार विकास विभागका प्रमुख राम थापा भन्नुहुन्छ, ‘वडा १६ को ज्ञानदीप मार्ग, सिद्धार्थ मार्ग र जमाचो मार्गमा ढल निकास तथा  सडक कालापत्रे भइरहेको छ ।

वडा १३ को जिलेट मार्ग र वडा १४ को त्रिभुवन विश्वविद्यालयको परिसरमा पर्खाल निर्माण र सडक कालोपत्रे भइरहेको छ । वडा ३१ को सिर्जना नगर सडक सुधारको काम भइरहेको छ । 

महानगरको वडा २१ कार्यालय भवन पुननिर्माण गर्न अहिले भत्काउने काम भइरहेको छ भने वडा ३१ कार्यालय भवन निर्माण भइरहेको छ । 

यसअन्तर्गत नयाँ सडक गेट मर्मत तथा रंग रोगनको काम भइरहेको छ भने वडा ६ को बागमती नगर र शान्ति नमूना पार्क, वडा ३ को इको पार्क र वडा ४ को धुम्वाराही पार्क  निर्माण भइरहेका छन् ।

यससँगै सडक सुधार, स्तरउन्नति र ढल निकासका वडास्तरीय कामहरु पनि भइरहेका छन् ।