add

महानगरको निःशुल्क एम्बुलेन्स सेवाबाट १३०१ जना विरामीले सेवा लिए

Swoniga Online – स्वनिगः संवाददात | २०७८ बैशाख २६, आइतबार वर्गीकृत राष्ट्रिय

काठमाडौँ महानगरले बन्दाबन्दीका समयमा कोविडको संक्रमण भएका र नभएका विरामीलाई अस्पताल ल्याउन लैजान छुट्टाछुट्टै एम्बुलेन्स सेवाको व्यवस्था गरेको छ । जसमा नेपाल एम्बुलेन्स सेवा (महानगरको सहयोगमा सञ्चालित) ले कोविडको संक्रमण भएका वा शंका भएका विरामी बोक्छ भने संघबाट (१५ दिनको लागि सम्झौता गरेर सञ्चालन गरेका) सञ्चालित १० वटा एम्बसलेन्सले कोविड नभएका विरामीलाई निःशुल्क सेवा दिन्छन् ।

बैशाख १६ गते यता महानगरको निःशुल्क एम्बुलेन्स सेवाबाट १ हजार ३०१ जना विरामीले सेवा लिएका छन् । जसमध्ये नेपाल एम्बुलेन्स सेवाबाट ९८८ जनाले र संयुक्त एम्बुलेन्स चालक संघबाट सञ्चालित १० वटा एम्बुलेन्सबाट ३१३ जनाले सेवा लिएका हुन् । यो संख्या नेपाल एम्बुलेन्स सेवाको बैशाख २५ गतेसम्मको र संयुक्त एम्बुलेन्स चालक संघको बैशाख २३ गतेसम्मको हो । 

नेपाल एम्बुलेन्स सेवाले बैशाख १६ गते ४६ जना पोजेटिभ र ४ जना शंकास्पद विरामीलाई अस्पताल पु¥यायो । यस्तै १७ गते ७० जना पोजेटिभ र ६ जना शंकास्पद, १८ गते ८८ जना पोजेटिभ र ७ जना शंकास्पद, १९ गते ९९ जना पोजेटिभ, २० गते ९८ जना पोजेटिभ र १ जना शंकास्पद, २१ गते  १०८ जना पोजेटिभ, २२ गते ९३ जना पोजेटिभ, २३ गते ८७ पोजेटिभ र १ जना शंकास्पद, २४ गते ६३ जना पोजेटिभ र १ जना शंकास्पद, २५ गते ८० जना पीसीआर पोजेटिभ विरामीलाई अस्पताल पु¥याएको छ । 

यसै गरी चावहिल, वडा ७ परिसरमा राखिएका एम्बुलेन्समध्ये वा ३ च २७६६ ले ३२ जना र बा १० च ७८५६ ले ३५ जना विरामीलाई सेवा दिएका छन् । 

स्वयम्भूस्थित वडा १५ परिसरमा राखिएको ना २ च ७७५४ ले २८ जनालाई र बा १० च ४३७३ ले २७ जनालाई सेवा दिएका छन् । महाराजगञ्जस्थित, वडा ३ परिसरमा भएको बा १२ च २३६० ३९ जनालाई र बा ६ च २८२ ३८ जनालाई, ट्रली बस मीनभवनमा रहेको बा १८ च ५६५७ १८ जनालाई र ना २ च ४१२० ले ३० जनालाई सेवा दिएका छन् । यसैगरी सभा गृह, प्रदर्शनी मार्गमा राखिएको बा ६ च ९१०० ले ३६ जनालाई र बा ५ च ५७५९ ३१ जनलाई अस्पताल पु¥याएका छन् ।

यी एम्बुलेन्सबाट सेवा लिन महानगरको हटलाइन ११८० वा सिधै एम्बुलेन्सका चालकलाई सम्पर्क गर्न सकिन्छ । कोविड जाँच गर्दा पोजेटिभ रिपोर्ट आएका र शंकास्पद आपतकालीन विरामीलाई अस्पताल लानु परे १०२ मा सम्पर्क गर्न सकिन्छ ।