add

प्रहरीलाई प्रतिकारमा उत्रिन मेयर महर्जनको आग्रह

Swoniga Online – स्वनिगः संवाददात | २०७८ बैशाख २७, सोमबार वर्गीकृत राष्ट्रिय

ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले सामाजिक संञ्जालमा निस्किएको कुरामा प्रतिकार गर्न आग्रह गर्नुभएको छ। रातो मच्छिन्द्रनाथको यस वर्षको रथयात्राका विषयमा छलफल गर्न ज्यापू समाजको संयोजनमा आईतबार भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा आयोजना गरेको सरोकारवालाको भेलामा सो आग्रह गर्नुभएको हो ।

यद्पि प्रतिकार कुन रूप र स्तरमा हो, उहाँले त्यो खुलाउनु भएन। यहाँ कुनै कुनै खेल्ने तत्वहरू छन् । ती खेल्ने तत्वले अहिलेको सामाजिक संञ्जाल प्रयोग गरेर नचाहिने किसिमले खेल्न सक्छ उहाँले भन्नुभयो । फेसबुक, ट्विटर वा अन्य सामाजिक संञ्जालमा यताउति कुनै कुरा निस्कियो भने त्यसमा प्रतिकार गर्न मेयर महर्जनले सिडियो कार्यालय, प्रहरी कार्यालय र १९ जातीय समाजसहित खलःपुचःको नामै तोकेर आग्रह गर्नुभयो ।

सो बैठकमा स्थानीय प्रशासन, प्रहरी र गुठी संस्थान, रथयात्रा सम्बद्घ सरोकारहरूका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । यहाँहरू सबैलाई अनुरोध के हो त भन्दाखेरी हाम्रो सिडियो कार्यालयदेखि प्रहरी कार्यालय खलः पुचःहरूले फेसबुकका वालहरूमा यताउति कुनै कुरा निस्कियो भने त्यसमा प्रतिकार गर्नुपर्दछ ।गत वर्ष भदौ १८ गते विहीवार स्वतःस्फूर्त रथ तान्ने र त्यसपछि प्रहरी र स्थानीयबीच झडपलाई मेयर महर्जनले सरोकारवालारू रथयात्राको विषयमा अनिर्णयको बन्दी रहेको र हामी जाग्नुपर्याे भन्ने आशयले फेसबुक, ट्विटरहरू पोष्टिङ्ग गरिएपछि भएको घटनाको चित्रण गर्नुभयो ।

मेयर महर्जनले यहाँ कुनै, कुनै खेल्ने तत्वहरू रहेको भन्दै ती खेल्ने तत्वहरूले गत वर्ष पनि सामाजिक सञ्जाल प्रयोग गरेर त्यसरी खेलिएको भन्दै उहाँले भन्नुभयो सबैले आ आफ्नो क्षेत्रमा बसेर, आफ्नो ल्याकत र तागतले भ्याएसम्म काम गरिराखेको थियो । तर यसको समाचार मात्र बाहिर बजारमा गएको थिएन । तर खेल्ने तत्वले यो समाजले, खलः पुचःले केही पनि गरेन, तसर्थ हामी जाग्नुपर्याे भनेर फेसबुकमा, अन्य सामाजिक सञ्जालमा पोष्टिङ्ग गर्याे। फेसबुकका वालहरू यसरी भरियो, त्यो बेलासम्म पनि हामी  कसैको ध्यान गएन । त्यो घटना घट्न गयो । 

गत वर्ष प्रहरी र स्थानीयबीच झडप भएपछि मेयर महर्जन रथ बनाउन, तान्न  ललितपुर महानगरपालिकाको कुनै पनि भूमिका नहुने भन्दै विज्ञप्ति प्रकाशित गरेको थियो । रथ बनाउनेदेखि र तान्ने सम्म अवधिमा भएका कयौ बैठकमा सहभागी , कतिपय बैठक महागरपालिको हलमा भएको पृष्ठभूमिमा सो विज्ञप्ति निकालिएको थियो ।

सो घटनापछि उत्पन्न असहज परिस्थितिमा स्वतः स्फूर्त रथ तान्न संलग्न भएकालाई उच्छृंखल र अराकताको संज्ञा दिँदै मेयर महर्जन कारवाही गर्न माग गर्नुभएको थियो । त्यस क्रममा करिब १५ जना बढी मानिसहरू खोजी खोजी प्रहरीले नियन्त्रणमा लिएर सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाईएको थियो ।