add

आनन्दकुटी आइसोलेशनलाई चु जी फाउण्डेशनको सहयोग

Swoniga Online – स्वनिगः संवाददात | २०७८ जेठ २४, सोमबार वर्गीकृत राष्ट्रिय

चु जी फाउण्डेसन,  ताइवान -TZU CHI FOUNDATION_ ले आनन्दकुटी बिद्यापीठ, स्वयम्भुलाई Auto clave machine एक थान, portable X– ray machine, एक थान, ECG machine एक थान हस्तान्तरण गरेको छ । फाउण्डेशनको तर्फबाट मैत्रीमहास्थवीर र मुकुन्द बिष्टले आनन्दकुटी आईशोलेसन सेन्टरलाई उक्त सामग्री हस्तान्तरण गरेको हो भने सेन्टरको तर्फबाट सांसद जीवन रामश्रेष्ठले ग्रहण गर्नुभएको हो । 

५० बेड क्षमताको आइसोलेशन सेन्टरमाहाल २३ जनाउपचारका क्रममा हुनुहुन्छ भने २५ जना कोभिड १९ जितेर स्वास्थ्यलाभ गरी डिस्चार्ज भइसकेका छन् ।

काठमाडौं क्षेत्र नं ८ का सांसद जीवनरामश्रेष्ठको संरक्षकत्वमा काठमाडौं महानगरपालिका १५ वडा तथास्थानियवासीको सहयोगमा संचालन भइरहेको यस अक्सिजनसहितको आइसोलेशनका लागिआनन्दकुटी बिद्यापीठले स्थान उपलब्ध गराएको छ ।मोडेल हस्पिटल नर्सिङ्ग कलेजबाट मेडिकल टिमले २४ सै घण्टा डाक्टर, नर्सको सेवा प्रदान गरिरहेको छ भने X–RAY, ECG, कोभिड बिरामीको सम्पुर्ण परिवारलाई PCR टेस्टको ब्यवस्था पौष्टिक खाजाखाना लगायत सम्पूर्ण सुबिधाहरु निःशुल्क रुपमा प्रदान गर्दै आइरहेको छ । 

यस आइसोलेशनबाट स्वास्थ्यलाभ गरी घर फर्कनेहरुलाई अक्सिमिटर, थर्मोमिटर, सेनिटाइजर, मास्क, कोभिड बुकलेट तथाआवश्यकऔषधीहरु निःशुल्क प्रदान गर्दै आएकोे संरक्षण सांसद श्रेष्ठले जानकारी गराउनु हुँदै फाउण्डेशनको निरन्तर साथ र सहयोगकालागि कृतज्ञ रहेको बताउनु भएको छ । 

यसअघि पनि यसै फाउण्डेशनलेले ५थान oxygen concentrator विभिन्न सामग्री सहयोग हस्तान्तरण गरिसकेको छ।