add

महानगरपालिका कामबारे सुसूचित गराउन लेखनवृत्ति

Swoniga Online – Surendra Bhakta Shrestha | २०७८ आषाढ ३, बिहिबार वर्गीकृत राष्ट्रिय

काठमाडौं महानगरपालिकाको गतिविधिहरुबारे महानगरवासीलाई सुसूचित गराउन समाचार तथा समाचारमूलक सामग्री उत्पादन गरी रेडियो, टेलिभिजन, अनलाइन तथा पत्रपत्रिकामा काम गर्ने पत्रकार वा सञ्चारगृहलाई लेखनवृत्ति उपलब्ध गराइनेछ।

साथै महानगरपालिकाले दैनिक रुपमा सम्पादन गरेका समग्र कार्यक्रमहरुको दैनिक बुलेटिन प्रकाशन गरी महानगरवासीलाई सुसूचित गराउने उल्लेख गरेको छ।‘महानगरपालिकाबाट प्रवाह हुने सेवालाई अझ बढी जनउत्तरदायी, पारदर्शी र जवाफदेही बनाउन अनियमितता र भ्रष्टाचारमा शून्य सहनशिलतालाई निरन्तरता दिइनेछ,’ नीतिमै भनिएको छ, ‘सबै वडा कार्यालयहरूमा गुनासो सुन्ने व्यवस्थालाई प्रभावकारी बनाइनेछ ।’ 

नीति तथा कार्यक्रममा महानगरपालिकाका जनप्रतिनिधि, सहरी योजना आयोगका पदाधिकारी तथा सहायक विज्ञ, स्थायी तथा करारमा कार्यरत कर्मचारीर शिक्षक, नेपाल भाषा सहायक प्रशिक्षक, वडामा कार्यरत सामाजिक परिचालक, महिला स्वास्थ्य स्वयंसेविका, दमकल सञ्चालनमा काजमा खटि आएका सशस्त्र प्रहरीहरुको रू. १० लाखको सामुहिक दुर्घटना बीमा र रू. १ लाखको स्वास्थ्य बीमा प्रिमियमको व्यवस्था गरिने पनि उल्लेख छ।