add

मेयर रिसर्च फेलोसिपलाई निरन्तरता

Swoniga Online – Surendra Bhakta Shrestha | २०७८ आषाढ ३, बिहिबार वर्गीकृत राष्ट्रिय

नीतिमा तथ्यमा आधारित नीति तर्जुमा गर्न मेयर रिसर्च फेलोसिप अन्तर्गत महानगरपालिकाका विविध विषयहरूमा शोध गर्ने कार्यलाई निरन्तरता दिइने उल्लेख छ ।

‘यसका लागि शैक्षिक संस्थाहरूसँग सहकार्य गरिनेछ ।साथै महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूको ज्ञान र अनुभवमा आधारित भई कार्यमूलक अनुसन्धान गर्ने कार्यक्रम सञ्चालन गरिनेछ।

साथै काठमाडौं रिसर्च जर्नल प्रकाशन गरिनेछ ,’ नीतिमा भनिएको छ, ‘आयोजना छनौट, संचालन र व्यवस्थापनलाई प्रभावकारी बनाउन नगर आयोजना बैंकको स्थापना गरी कार्यान्वयनको आवश्यकता, औचित्य र श्रोतको उपलब्धताका आधारमा आयोजनाको वर्गीकरण, प्राथमिकिकरण र कार्यान्वयनको प्रबन्ध मिलाइनेछ ।’