add

शताब्दी पुरूष गृह प्रवेश

Swoniga Online – Surendra Bhakta Shrestha | २०७८ आषाढ ४, शुक्रबार वर्गीकृत राष्ट्रिय

वाङमय शताब्दी पुरूष डा.सत्यमोहन जोशी किस्ट मेडिकल कलेजमा उपचार गरी आज आफ्नो गृह प्रवेश हुनुभएको छ । समान्य हिँडडुल गर्न थालेपछि उहाँलाई घरै पठाइएको कलेजका प्रिन्सिपल प्रा.डा. बालमानसिंह कार्कीबाट थाहा भएको छ ।

 

अस्पतालको स्रोत अनुसार डा.जोशीलाई श्वासप्रश्वासको समस्या, छातीको सङ्क्रमण, मुटुको चालमा गडबडी र रक्तचापमा कमी देखिएको थियो ।

 

छातीरोग विहेषज्ञ प्रा.डा. मिलेशजङ्ग सिजापतीका अनुसार एक हप्तापछि डा.जोशीको स्वास्थ्य अवस्थाको अस्पतालबाट जानकारी लिइने छ ।

 

मुटुमा समस्या आएपछि गत जेठ २६ गते डा.जोशीलाई किस्ट मेडिकल कलेजमा उपचारार्थ भर्ना गरिएको थियो ।

 

स्मरणरहोस् डा.जोशी र उहाँकी धर्मपत्नी राधादेवी जोशीले किस्ट मेडिकल कलेजका विद्यार्थीको अध्ययन र शोधका लागि आआफ्नो शरीर मरणोपरान्त समर्पण गर्नुभएको छ । 

 

डा.जोशी वैशाख ३० गतेदेखि १०२ वर्षमा हिंड्दै हुनुहुन्छ ।