पत्रकार मञ्चलाई बोधिसत्व बिहारद्वारा स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण

Swoniga Online – स्वनिगः संवाददात | २०७८ आषाढ १६, बुधबार वर्गीकृत राष्ट्रिय

बोधिसत्व बिहार बुढानिलकण्ठले नेपाल पत्रकार मञ्चलाई कोविड संक्रमणबाट बचावटका लागि स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको प्रदान गरेको छ । मञ्चको केन्द्रीय कार्यालयमा बिहारका अध्यक्ष हुई गुआङले मञ्चका अध्यक्ष युवराज विद्रोहीलाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको थियो । 

प्रदान गरिएका सामग्रीहरुमा व्यक्तिगत सुरक्षा सामाग्री –पीपीई) २०० थान, केएन ९५ माक्स २०० थान, सर्जिकल माक्स १० हजार थान, पञ्जा ५०० थान र सेनिटाइजर ५०० मि.लि.को २०० थान उपलब्ध छन् । 

सामग्री हस्तान्तरण गर्दै विहारका अध्यक्ष हुई गुआङले महामारीबाट मानव जगतमा हुन सक्ने क्षति घटाउनु र मनको त्रास हटाउनु अहिल सबैको पहिलो दायित्व भएको बताउनुभयो । सामाजिक कामको मुल्याङ्कन जटिल परिस्थितिमा हुने बताउँदै हुईले आफूले पत्रकारहरु पनि जोखिममा रहेर काम गरिरहेको अनुभूति गरेकाले मञ्चमार्फत दैनिक खवर संकलन गर्न जाने पत्रकारहरुका लागि स्वास्थ्य सामग्री प्रदान गरिएको उल्लेख गर्नुभयो । 

सामग्री र उपकरणको अभावमा कतिपय अस्पतालहरुले अझै पनि सेवालाई गुणस्तरीय बनाउन सकिरहेका छैनन् । यस्ता संस्थाहरुलाई र महामारीमा खान लाउन नै समस्यामा परेका परिवारलाई आफूहरुले नियमित सहयोग गरिरहेको उहाँको भनाइ थियो ।

महामारी सक्रमणको जोखिममा रहेका समूहमध्ये पत्रकार पनि पर्छन् । उनीहरुको सुरक्षाका लागि कम मात्र संस्थाको नजर पर्ने गरेको छ । यसबेला विहारले पत्रकारलाई गरेको सहयोगले ठूलो भूमिका राख्छ । त्यस अवसरमा मञ्चका अध्यक्ष युवराज विद्रोहीले, आम नागरिकलाई सुसूचित गर्ने काममा गर्न अग्रभागमा पुग्नु पर्ने करीव ३ हजार पत्रकार कोरोना संक्रमणमा परेको र करीव २० जनाले मृत्युवरण गर्नुपरेको बताउनुभयो । सहयोग परिमाण वा संख्यासँगभन्दा भावनासँग सम्बन्धित भएको बताउँदै उहाँले कहिलेकाही सानो बस्तुले ठूलो काम गर्छ । सही समय नपर्दा महङ्गो बस्तुले पनि मुल्य पाउँदैन, विद्रोहीले भन्नुभयो, पत्रकारहरुका लागि सम्झना गर्नु नै ठूलो कुरा हो । 

पत्रकारहरुमा कोविडले आर्थिक, सामाजिक र पारिवारिक समस्या सिर्जना गरेको छ । यसकारण कतिपय पेशाकर्मी पेशाबाट विस्थापित हुनु पर्ने अवस्था आएको छ । त्यस क्रममा मञ्चका कोविड समन्वय समितिका संयोजक चन्द्रमणि भट्टराईले प्राप्त सामाग्री प्राथमिकताका आधारमा पत्रकारहरु वितरण हुने जानकारी दिनुभयो । हामीले पत्रकारलाई पेशामा टिकाइ राख्न उनीहरुको पारिवारिक व्यवस्थापनमा पनि काम गर्नु पर्ने अवस्था छ । यही अवस्था जारी रहे दैनिक गुजारामा नै समस्या आउन सक्ने खतराप्रति अहिले नै सचेत भएर प्रतिकार्यका योजना सञ्चालन गर्न जरुरी छ, भट्टराईको जोड थियो । 

महामारीका कारण समस्या पर्ने र महामारी व्यवस्थापनका लागि अग्र पङ्तिमा खटिनेको जोखिम कम गराउन साथ दिने क्रममा पत्रकारहरुसँग जोडिन पाउनुले आफ्नो काम सार्थक भएको महसुस भएको त्रिरत्न स्कूलका प्रधानाध्यापक राजु लामाको भनाइ थियो । 

त्यस क्रममा महामारीको जोखिम र जोखिम व्यवस्थापनका विषयमा इन्टरनेशनल यूथ सोसाइटीका अध्यक्ष डा. प्रियरत्न महर्जन, मञ्चका महासचिव विमलकुमार थापासहितका वक्ताले धारणा राख्नुभएको थियो । 

विहारले काठमाडाँै उपत्यकासहित अन्य जिल्लामा करिब १५ हजार गरीब तथा विपन्न कोभिड प्रभावित परिवारलाई राहत सामग्री समेत वितरण गरिसकेको छ । त्यस्तै संक्रमण रोकथाम, रोगको उपचार र यस काममा खटिनेको स्वास्थ्य सुरक्षाका लागि सामाग्रीहरु उपलब्ध गराउँदै आएको छ।