add

आन्तरिक गृहकार्य गर्ने भन्दै एमाले कार्यदल बैठक स्थगित, आजै साँझ ७ बजे फेरि बस्ने

Swoniga Online – Rosni | २०७८ आषाढ २४, बिहिबार वर्गीकृत राजनीति

काठमाडौं । नेकपा (एमाले)को कार्यदलको बैठक सम्पन्न भएको छ । कार्यदलको बैठक आजै साँझ ७ बजे पूनः बस्नेगरि सम्पन्न भएको कार्यदलका सदस्य सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।

उनकाअनुसार आजै साँझ ७ बजे बस्ने बैठकले सबै कुरा टुँगो लगाउने छ । पार्टीभित्रका सबै विवाद समाधानको लागि थप गृहकार्य गर्नुपर्ने भएकाले साँझ बस्ने बैठकले टुँगो लगाउने भएको छ ।

हिजोमात्रै अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको थियो । हिजोको बैठकमा ओली र नेपालबीच सौहार्दपूर्ण वातावरणमा कुरा भएको थियो । तर, ओलीले आफूलाई सहयोग गर्न बारम्बार भनेको र सैद्धान्तिक रुपमा पार्टी विवाद समाधानको लागि गम्भीर नभएको नेपाल नेपालको आफू नेताहरुलाई ब्रिफिङ गरेका थिए ।